Home देश खाँडादेविले मदिरा नियन्त्रण अभियान शुरु गर्यो

खाँडादेविले मदिरा नियन्त्रण अभियान शुरु गर्यो

175
0
SHARE

-वद्री नयाँघरे-

रामेछाप २५ असोज । आफनो पालीका भित्र विभिन्न विकृतिका विरुद्ध अभियान चलाउँदै आएको जिल्लाको खाँडादेवि गाउँपालिकाले मदिरा नियन्त्रणका लागिअभियान संचाल नगरिने भएको छ । गाउँमा अवैध रुपमा उत्पादीत मदिरा र मदिरा सेवनका कारण दिनहू जसो घर र समाजमा झै झगडा गर्ने प्रवृतिले प्रोत्सान पाउँदा घरेलु तथा महिला हिंसाका घटनामा वृद्धि भएको र त्यसवाट पालीकाको सभ्यतामा पनि रास आउन सक्ने ठहर सहित पालीका ले यसको नियन्त्रणका लागि अभियान शूरु गर्न लागेको हो ।

प्रतिस्पर्धात्मक आधारमा मदिरा पीउने होडवाजीले युवा पुस्तालाई वढि प्रभावित वनाएको पनि पालीकाको ठहर छ । अभियानअन्र्तरगत पहिलो चरणमा प्रहरीको नियमित गस्ति,आमा समुह र महिला समुह तथा स्थानिय युवा क्लवहरुलाई परिचालन, गरि चेतनामुलककार्यक्रम संचालन,गरिने छ । अभियानमा सवै खालका टोलीहरुले आफनो जिम्मेवारी अनुसारको काम अघि वढाउने व्यवस्था गाउँपालीकाले मिलाएको छ । मदिरा विक्रिवितरणका लागि सवै व्यापारी हरुले सरकारी मान्यता प्राप्त अनुमतिको प्रमाण पत्र अनिवार्य रुपमा राख्नु पर्ने र त्यो भए नभएको अनुगमनमा खटिएको टोलीले हेर्ने र त्यसको विवरण गाउँपालीकामा वुझाउने व्यवस्था मिलाईएको खाँडादेवि गाउँपालिकाकी उपाध्यक्षमखमलि श्रेष्ठले बताइन् ।

सो गाउँपालीका अन्र्तगत लागु औषधतथामदिरा नियन्त्रण समितिको अध्यक्ष समेत रहेकी उपाध्यक्ष श्रेष्ठले गाउँपालिकाका बजार क्षेत्रमा मदिराजन्यपदार्थ उत्पादन तथाविक्रिवितरण र त्यसको सेवनले समस्याश्रृजना गरेपछि गाउँपालिकाले यस्तो अभियान संचालनगर्न लागेको जानकारी पनि श्रेष्ठले गराईन् । उक्त अभियान अन्र्तगत गाउँपालिकाको सवै बजार क्षेत्रमा टोली पुगेर स्थलगत अनुगमन गर्ने छ । अनु गमन पछि पालीकाको मदिरा उत्पादन र त्यसको प्रयोगको अवस्थाका वारेमा गाउँपालीकालाई पनि ज्ञान हुने र पछिल्लो अभियानलाई पनि त्यसले सजिलो वनाउने जानकारी पनि गाउ पाउलिकाले गराएको छ ।

रासस

LEAVE A REPLY