Home कला/साहित्य मन्थलीमा जगदीशको सम्झना

मन्थलीमा जगदीशको सम्झना

135
0
SHARE

कार्तिक १४, रामेछाप । साहित्यकार तथा वरिष्ठ समाजसेवी जगदीश घिमिरेको पाँचौ वार्षिक स्मृति दिवस आज मन्थलीमा मनाइयो । उनले निर्माण गरेको संस्था तामाकोशि सेवा समितिको आयोजनामा वुधवार विहान स्मृति दिवस मनाइएको हो ।

सो अवसरमा भेला भएका जिल्लाका सवै सरोकारवालाहरुले जगदीशको फोटोमा माल्र्यापर्ण गर्नुका साथै सहित्य र जिल्लाको विकासमा उनले पुरयाएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा भेला भएका स्थानिय सरकारका प्रमुख,स्थानीय प्रशासन पार्टि नेतृत्व नागरिक समाजका अगुवा समेतले जगदिसले पुर्याएको योगदानका वारेमा चर्चा गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ,मन्थली नगरपालीकाका प्रमुख ,प्रमुख जिल्ला अधिकारी लगाएतले जगदीसको योगदानलाई जिल्ला व्यापी वनाउनु पर्न कुरामा जोड दिएका थिए ।

दीर्घजीवि सोचका साथ जिल्लाको विकास अभियानमा लागेका उनले जिल्लाको सम विकासमा ठुलो योगदाना पुर्याएका थिए । विपन्न र दुर्गम परिवारलाई लक्षित गरी उनिहरुको समृद्धिका लागि अभियान चलाएका जगदीशले गाउँगाउँमा खानेपानी,सिंचाइका काम समेत गरेर सर्वसाधारणको मन जितेका थिए । उनले स्वस्थ पानी संगै घर घरमा सौचालयका निर्माणको कामलाई पनि अभियानको रुपमा अघि वढाएका थिए ।

समाजसेवा र साहित्य विद्यालाई एकै साथ अगाडि वढाएका घिमिरेको २०७० साल कार्तिक १४ गते माइलोमा क्यान्सर रोगका कारण मृत्यु भएको थियो । उनले गाउँको सर्वाङ्गीण विकासको सोचका साथ मन्थलीमा संचालन गरेको मन्थली वचत तथा ऋण सहकारी संस्था र सहकारी अस्पतालले जिल्ला स्तरमा राम्रो काम गर्दै आएको छ । राजनितिक विश्लेषक र वरिष्ठ साहित्यकारको रुपमा आफ्नो नाम दर्ज गराएका घिमिरेले प्रकाशन गरेको अन्र्तमनको कथाले मदन पुरस्कार समेत प्राप्त गरेको थियो । त्यसवाहेक उनले सकस, लिलाम लगाएतका दर्जनजती विभिन्न विद्याका पुस्तकहरु समेत प्रकाशन गरिसकेका थिए ।

उनले २०४५ सालवाट तामाकोशी सेवा समिति नामको गैरसरकारी संस्था संचालन गरी शुरु गरेको कामले जिल्ला व्यापी रुपमा उदाहरणिय काम गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्काले जगदीसको वारेमा सरकारी स्तरवाट पनि कुनै काम गर्नु पर्ने बताए । अर्का अतिथि मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले कृष्णलाल, गंगालाल र पुष्पलाल तीनलाल जन्मिएको रामेछापलाई जगदीस घिमिरेको नाम समेत समावेश गरी चार लालको जिल्ला नामाकरण दिन पनि सम्वन्धीत पक्षसँग माग गरेका थिए ।

LEAVE A REPLY