Home ताजा समाचार नेपाली कांग्रेसको चियापान समारोह सम्पन्न

नेपाली कांग्रेसको चियापान समारोह सम्पन्न

85
0
SHARE

कार्ति १५, काठमाडौँ । नेपाली कांग्रेसले बडादशैं, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा आज गरेको चियापान समारोह भव्य रूमा सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु भएको चियापान ५ बजेसम्म चलेको थियो । अतिथिहरुलाई सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का लगायतका नेताहरुले स्वागत गरेका थिए ।

सानेपामा सम्पन्न चियापान कार्यक्रमलाई व्यबस्थित बनाउन नेपाल भूतपूर्ब सैनिक संघ, नेवि संघ, तरुण दल र महिला संघका १२० जना स्वयंसेवक परिचालित थिए।

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, कुटनीतिक नियोगका अधिकारीहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग तथा सुरक्षा निकायका अधिकारीलाई निम्तो दिइएको थियो।

यस्तै, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अगुवा, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत संघसंस्थाका अगुवा लगायत सर्बसाधारणहरू चियापान कार्यक्रममा सहभागि भएका थिए।

अघिल्ला वर्षमा कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्ने गरेको भए पनि पार्टी नेता चक्रप्रसाद बाँस्तोलाको निधनका कारण पूर्ब निर्धा्रित कार्यक्रम पर सारिएको हो। कांग्रेसले जिल्ला जिल्लामा समेत यस पटक चियापान कार्यक्रम गर्नेछ।

LEAVE A REPLY