Home पर्यटन कालिञ्चोकमा केबुलकार सञ्चालन

कालिञ्चोकमा केबुलकार सञ्चालन

97
0
SHARE

जिरी– दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा शनिबारबाट व्यावसायिक रूपमा केवलकार सञ्चालनमा आएको छ ।

दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रूपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालिञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालिञ्चोक र कालिञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

कालिञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालिञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालिञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिनुभयो ।

कालीञ्चोक दर्शन लिमिटेडले साढे दुई वर्षअघि निर्माण सुरु गरेको कालिञ्चोक केबुलकार करिब ४५ करोड रुपैयाँको लागतमा सम्पन्न भएकोे हो । केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताउनुभयो ।

सर्वसाधारणलाई पाँच सय रुपैयाँ शुल्क लाग्नेमा कालिञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।

स्विस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ ।

केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

LEAVE A REPLY