Home देश कार्यकर्ता हत्याको विरोधमा कांग्रेसको विरोध प्रदर्शन

कार्यकर्ता हत्याको विरोधमा कांग्रेसको विरोध प्रदर्शन

90
0
SHARE

सर्लाही, १७ कार्तिक– कार्तिक १३ सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताको हत्या भएको विरोधमा विरोध प्रदर्शन भएको छ । नेकपा कार्यकर्ताको आक्रमणबाट ७ जना घाइते भएक थिए भने १ जानको ज्यान गएको थियो ।

कांग्रेसका कार्यकर्ता ५५ वर्षिय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटना स्थलमै ज्यान गएको भियो । भने महदेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेम नारायण महतो, मुकेशप्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका थिए ।

त्यसको विरोेधमा आज सर्लाहीका २० वटै स्थानिय निकायमा मसाल जुलुस निकालिएको छ । गृहमन्त्री राजिनामा देऊ, कम्युनिस्ट अधिनायकवाद मुर्दावाद, मृतक रामविलासलाई सहिद घोषणा गर , पीडितलाई क्षतिपुर्ति देऊ, दोषीलाई पक्राउ गरी छिटै सार्वजनिक गर जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका छन ।

भोलि कार्तिक १८ गते जिल्ला बन्द र एक घन्टा ११ देखि १२ बजेसम्म पूर्व पश्चिम राजमार्ग अनतरगत नवलपुरमा सडक जाम गने जिल्ला सभापति नागेनद्र राय यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY