Home ताजा समाचार उपलब्धि सहकारीको १० औँ वार्षिक साधारणसभा सम्पन्न

उपलब्धि सहकारीको १० औँ वार्षिक साधारणसभा सम्पन्न

141
0
SHARE

कार्तिक १७, काठमाडौँ ।  उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केवी उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभामा विभिन्न सम्मान एवं पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रमुख अतिथि उप्रेतीले उपलब्धिले हासिल गरेको उपलब्धि अन्य सहकारीहरूका लागि पनि अनुकरणीय रहेको बताउदै उपलब्धि जस्ता सहकारीहरूले नै देशको अर्थतन्त्र मजबुत बनाउने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक चन्द्रप्रसाद ढकालले उपलब्धिका उत्पादनहरूलाई शेयर सदस्यहरूले अधिकतम उपभोग गर्न जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले उपलब्धि सहकारीले देशका हरेक क्षेत्रमा उल्लेख्य योगदान गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार डा. धु्रवचन्द्र गौतम, वरिष्ठ कलाकार लक्ष्मी गिरी, वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, आख्यानकार धु्रव सापकोटा, कास्कुनका सञ्चालक निरञ्जन सेढाईं, अधिवक्ता सुमन पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा संस्थाका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरियो । जसमा वरिष्ठ लेखा सहायक दीपिका बुढाथोकी र बजार प्रतिनिधि रविना रजकलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो । यसैगरी यसवर्षको उपलब्धि पत्रकारिता पुरस्कार ज्योतिषाचार्य पत्रकार नारायणप्रसाद निरौलालाई प्रदान गरियो ।

यसैगरी संस्थाका ज्येष्ठ नागरिकहरूलाई सम्मान र एसइइ उत्तीर्ण गरेका संस्थाका सदस्यका सन्ततिलाई पनि सम्मान गरिएको थियो ।


संस्थाका अध्यक्ष देवराज शर्माले आर्थिक वर्ष २०७४÷२०७५को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले यस आर्थिक वर्षमा शेयर ४० लाख ७२ हजार ७ सय रुपैयाँ थप गरी तीन करोड ५२ लाख २२ हजार पुर्याएको छ भने निक्षेप संकलनमा दश प्रतिशतले वृद्धि गरी २७ करोड १६ लाख ३१ हजार पुर्याएको छ । कार्यक्रमको सहजीकरण संस्थाका सञ्चार उपसमिति सदस्य प्रकाश थापाले गर्नुभएको थियो ।

LEAVE A REPLY