Home खेल साफ यू–१५ : नेपाल चौथो स्थानमा

साफ यू–१५ : नेपाल चौथो स्थानमा

109
0
SHARE

काठमाडौं, १७ कात्तिक । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपाल भारतसँग शून्यविरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मैदानमा आज भएको खेलमा १८औँ मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो ।

पहिलो हाफमा शून्यका विरुद्ध एक गोलले पछि परेका नेपाल दोस्रो हाफमा सुधारिएको प्रदर्शन त गरेँ, तर, पनि गोल गर्न नसक्दा भारतसँग पराजित हुन पुग्यो । जितसँगै अघिल्लो संस्करणको विजेता भारत तेस्रो बन्यो ।

नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग शून्यका विरुद्ध चार गोलले पराजित भएको थियो भने भारत पनि बंगलादेशसँग पराजित भएको थियो ।

प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्समाथि शून्यका विरुद्ध चार गोलको सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भयो ।

पहिलो खेलमै पाकिस्तानसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भएका भारत अन्तिम खेलमा भुटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । पाकिस्तान र बंगलादेशबीचको खेल एन्फा मैदानमा अहिले जारी छ ।

LEAVE A REPLY