Home ताजा समाचार प्रसिद्ध मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको पार्थिव अवशान

प्रसिद्ध मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको पार्थिव अवशान

205
0
SHARE

काठमाडौँ,१८ कार्तिक । प्रसिद्ध मानव अधिकारकर्मी पद्यमरत्न तुलाधर हामी विच रहनु भएन । ७७ वर्षको उमेरमा तुलाधरको आज पार्थिव अवसन भयो । तुलाधरले नेपालको मानव अधिकार आन्दोलनमा भाषा, साहित्य, संस्कृति र पत्रकारिता सँगसँगै राजनीतिक आन्दोलनलाई समेत जोडनु भएको थियो । उहां निर्दलीय पञ्चायत विरुद्ध निरन्तर आन्दोलनरत हुदै रहे पनि ०४३ को राष्ट्रिय पञ्चायत चुनावमा सूर्य चिन्हकासाथ उठ्नु भएको थियो । उहांलाई जनपक्षीय उमेदवारका रुपमा वामपन्थीहरुले सहयोग गरेका थिए ।

०४६ सालमा सातदलीय वाममोर्चा गठनमा तुलाधरको महत्वपूर्ण योगदान थियो भने उहांले ऋषिकेश शाहको पहलमा स्थापित नेपाल मानव अधिकार संगठनको स्थापनासंगै त्यसको केन्द्रमा समेत रहनुभएको थियो । मानव अधिकार संरक्षण मञ्चलाई समेत उहांको सहयोग थियो । अत्यन्त सरल स्वभावका धनी तुलाधरले बहुदलीय पद्धतिको स्थापना पछि नेकपा एमालेको सदस्यता लिई पार्टीमा सक्रिय हुनुभयो र मनमोहन अधिकारीको नेतृत्वमा गठित ०५१ को सरकारमा उहां स्वास्थ्य मन्त्री हुनुभएको थियो । त्यसवेला गाईको चर्चाका कारण उहांले पद छाड्नु परेको थियो । ०४३ मा उहांले लिएको चुनाव चिन्हलाई नै नेकपा एमाले र अहिले नेकपाले आफ्नो निर्वाचन चिन्ह वनाएका छन् । ०६० साल पछि तुलाधर माओवादी सशस्त्र हिंसामा संलग्नहरुलाई शान्ति प्रक्रियामा ल्याउन निकै सक्रिय रहनुभएको थियो । प्रसिद्ध वुद्धिजीवी दमननाथ ढुंगाना र उहांले संयुक्तरुपमा माओवादी र तत्कालीन सरकारका वीचमा मध्यस्थताको काम समेत गर्नुभएको थियो । तर ०६४ पछि उहां राजनीतिमा त्यति सक्रिय देखिनु भएको थिएन ।उहां अस्वस्थ भएपछि केही दिन पहिले नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

LEAVE A REPLY