Home मुख्य समाचार सरकार किन यति कमजोर भयो ?

सरकार किन यति कमजोर भयो ?

132
0
SHARE

-बेनी बहादुर कार्की-

कंचनपुरकी निर्मला पन्तलाई बलत्कारपछि हत्या गरेको सयदिन नाघि सकेको छ । यसबीचमा आधादर्जन जती अनुशन्धान समितीहरु गठन भइसकेपनि बास्तबिक दोषी पत्ता लागगेको छैन । गठीत समितीहरुकै प्रतिबेदनकै आधारमा सरकारले सो जिल्लाका तत्कालिन एसपी.बिष्ट र प्र.नि भट्टलाई पदबाट हटाएको छ । यी दुबै प्रहरी अधिकृतहरुलाई पदमुक्त गरेपछि पनि घट्नबारे अन्यौल कायमै छ । के त्यो घट्नाका बास्तबिक दोषी यीनै हुन्त ? वा दोषी एकिन् नभै परिस्थितीको आधारमा यीनीहरुलाई सजाय दिइएको हो ? अनमाुनकै आधारमा सजाय दिएको होभने पिडित भनेर अदालत गएभने के होला? यीनीहरु दोषीनै हुन्भने यहीकुरा किन किटानीसाथ सार्बजनिक नगरेको ? नभए अहिले सम्म किन अरु दोषीलाई पक्रन नसकेको ? अझ अहिलेत मृतकका आफन्त जना चारको डि.एन.ए. परिक्षण भइरहेको छ । यो भनेको के हो ? सरकारले आफु र आफन्तलाई बचाउन पिडितकै आफन्तहरुलाई दोषी देखाएर बास्तबिक दोषीलाई बचाउने षडयन्त्रत होइन ? यसको पूर्बाभास् यसअघिनै सरकारका जिम्मेवार मंत्रीहरुबाट दोषी पत्तालगाउन बाह्रबर्ष लाग्न सक्छभनेर आइसकेकै छ । अहिलेको काम कारबाहीले यही पुष्टि गरिरहेको छ ।

दुइतिहाइ बहुमतको सरकार यती कमजोर होला भनेर कसैले कल्पनासम्म गर्ने कुरै हुँदैन । आखिर भयो त्यही। एउटा निर्मल निर्मलाको निर्मतापूर्बक बलत्कारपछि हत्या गरिएका दोषीलाईपनि कारबाही गर्न नसकेकाले जग हसाइ भएको छ । पिडितका परिबार मात्रै होइन, सारा दुनियाँ न्यायकालागि सडक संघर्ष गरिरहेका छन् र सरकारभने बिभिन्न समिती गठन् र छानबीनको नाटक गरिरहेको छ। ।

अहिले सम्म सरकारले गरेका प्रयासहरु सबै असफल भएका छन् । यस बाट नेपाली नागरिकले के बुझ्ने, अहिलेको सरकार सही अर्थमा यस्तै पंगु छत ? कि सरकारले अपराधी बचाउन नाटकमात्र गरेको हो ? यदि यस्तै हो भने आउने दिनमा यही सरकार र यीनै सुरक्षा निकायले देश कसरी संचालन गर्छ ? यस्तैहो भने कसरी सरकारले नागरिकको ज्यू,धनको सुरक्षा गर्छ ? अनी यही गतीले नारामा भनेझैं ब्यबहारमा कसरी सुखी नेपाली र समृद्द नेपाल बनाउँन सकिन्छ ? यो अहं प्रश्नको जबाफ नेपाली जनताले सोचि सकेका छन् । स्वयं सरकारलेपनि अब सोचन बाध्य हुनु पर्छ ।
फौजदारी मुलुकी संहिता २०७४ गत भाद्र १ गते बाट लागुभए लगत्तै नेपालभरीनै यसरी महिलाहिंसा बढेकाले नेपालभरी नै सबै महिला सुरक्षाको सबालमा चिन्तीत् भएका छन् । भनm किशोरीहरु आफ्नै शरीरको असुरक्षाको चिन्ताले मनोरोगी हुने संभाबना बढिरहेको छ । यो संक्रमणकालमा सरकार चनाखो भएर कडासँग प्रस्तुत हुनु पर्नेमा लुरे र असक्षम भएको देखिएको छ । यो एउटा प्रतिनिधी घट्ना मात्र हो । यस पछिपनि सयौं घट्ना भइनै रहेका छन् । यदाकदा दोषी लाई कारबाही भएको भएपनि यस्ता घट्ना नियंत्रण गर्ने रणनीति भने सरकारले बनाएर नियंत्रण गरेको संकेत अहिले सम्म देखिएको छैन ।

समग्रमा महिलाहिंसा मात्रनभै भ्रष्टाचार बेथितीपनि नियंत्रण होइन झन बढेको छ । तीनै तहका सरकारमा समन्वय हुनुपर्नेमा द्दन्द बढेकाले संघीयतानै खतरामा पर्ने चर्चा जनमानस्मा चलेको छ । यस्तो अबस्थामा बर्तमान सरकारले चुनाब जित्दाको जनबिश्वास् गुमाइ सकेको चर्चापनि ब्यापक भइरहेको छ । यस्तै अबस्था होभने सरकारले नारामा भनेझैं नेपाली जनतालाई सुख र समद्दि दिन सक्ने संभाबना देखिंदैन । अहिले सम्मको काम हेर्दा पहिलेझैं जनतालाई भुलाएर आफुले ब्रम्हलुट गर्ने खेलको पुनराबृत्ती भइरहेको छ । नेपाली जनताका सेवा सुबिधाका हकमा कुलमान घिसिंले नेपाली जनतालाई शुभदिपावलीमा सक्दो बत्ती बाल्नुहोस् भनेझैं अरु कसैले कुनै सेवा सुबिधा दिएको होइन । केबल मुखको फोस्रो बखानले भोका नांगा नेपाली जनताको पेट भर्दैन । अघाएको ठूलो भुँडीको सरकारलाई जनताले अब हुने चुनाबमा आफ्नो मत दिएर देखाइ दिने छन् । अनी यो सरकारको होस् खुल्ने छ ।

LEAVE A REPLY