Home अर्थवाणिज्य सामुदायिक विद्युत उपभोक्तामा एनआइसी एसिया बैंकले लगानी गर्ने

सामुदायिक विद्युत उपभोक्तामा एनआइसी एसिया बैंकले लगानी गर्ने

71
0
SHARE

 

काठामडौं। सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको लागि सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघसँग एनआईसी एशिया बैंकले साझेदारी गर्ने भएको छ।

साझेदारीका लागि भएको सम्झौतापत्रमा महासंघका अध्यक्ष नारायण ज्ञवाली र बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने हस्ताक्षर गरेका छन्।

सरकारले आगामी तीन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्ष भित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउने भन्ने निति लिएको छ। यही नीतिलाई सफल पार्न बैंकले साझेदारी गरेको हो।

सम्झौतापछि बैंकले आफ्ना देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरुमार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिङ स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने छ।

सम्झौतामार्फत समुदायको बैंकिङ शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्न र निम्न आय भएका समुदायहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने न्यौपानेले बताए।

LEAVE A REPLY