Home ताजा समाचार चर्चित लोक गायक माधव दाहालको देउसी गीत जनमनमा छाउँदै

चर्चित लोक गायक माधव दाहालको देउसी गीत जनमनमा छाउँदै

337
0
SHARE

कार्तिक १९, काठमाडौँ । तिहारको रौनक सँगै वरिष्ठ लोक गायक माधव दाहालको सुन्दर देउसी भाका ‘देउसी गीत २०७५’ सार्वजनिक भएको छ । नेपाली लोक जीवनमा घट्ने घटनावलीलाई लोक भाकामा उतारेर आम जनमानसमा बस्न सफल प्रस्तुत देउसी भाकामा माधव दाहाल, शम्भु कटुवाल र साथीहरूको स्वर रहेको छ । लोक संसर युटुव च्यानलमार्फत् बजारमा आएको यो देउसी गीतले तिहारमा रौनक थप्न सफल भएको   छ ।

माधव दाहालको शब्द र लय संकलनमा सागर गौतमले छायङ्कन गरेको उक्त देउसी गीतमा प्रकाश शर्माले नृत्य निर्देशन गर्नुभएको छ । विश्राम दाहाल र आस्तिक दाहालले सम्पादन गरेको उक्त देउसी गीतको श्रव्यदृश्यमा मुकुन्द दाहाल, सीता दाहाल, इन्दिरा दाहाल, हितानन्द कोइराला लगायतको अभिनय रहेको छ ।

हालको तिहारमा सर्वाधिक रुचाइएको लोक भाकाले नेपाली लोक जीवनकाे सार्थक चित्रण गर्न सफल भएको छ ।

 

LEAVE A REPLY