Home कला/साहित्य शान्ता उपन्यासको अंग्रेजी संस्करण कार्तिक २१ गते विमोचन हुने

शान्ता उपन्यासको अंग्रेजी संस्करण कार्तिक २१ गते विमोचन हुने

136
0
SHARE

 कार्तिक १९, काठमाडौँ ।  विराज समाजले कार्तिक २१ गते बुधबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्ती तथा शुभ दीपावली २०७५ को अवसरमा चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यक्रमा वरिष्ठ पत्रकार तथा साहित्यकार श्री पुरुषोत्तम दाहालज्को शान्ता उपन्यासको अंग्रेजी संस्करण लोकार्पण समेत गरिने समाजका अध्यक्ष रामप्रसाद दाहालले बताए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जयन्ती समेत परेको हुदा केही कविका कविता वाचन गर्ने कार्यक्रम तय भएको दाहालले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथिमा शतब्दी पुरुष सत्यमोहन जोशीलाई समाजले निमान्त्रणा गरेको समाजका निर्वतमान अध्यक्ष दिनेश कुमार मगरले जानकारी दिए ।

विराज समाज ओखलढुंगाका केही सीमान्तकृत गाउँबाट राजधानीमा आई वसोवास गर्ने उत्साही स्वंयमसेवीहरुको संस्था हो । यो संस्थाले निरन्तर सामाजिक तथा सांस्कृतिक कार्यहरु गर्दै आएको छ । समाजिक हितको कार्य गर्न यस वर्ष पनि शुभकामना तथा देउसी भैलो कार्यक्रम समेत आयोजना २१ गते नै गर्न लागेको समाजका सचिव राजेन्द्रप्रसाद दाहालले बताएका छन ।

LEAVE A REPLY