Home ताजा समाचार आज गाई एवं गोवद्र्धन पूजा, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ कार्तिक...

आज गाई एवं गोवद्र्धन पूजा, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ कार्तिक २२ गते

147
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल कार्तिक महिनाको २२ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि राति ९।६ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । विशाखा नक्षत्र राति ८।४३ बजेसम्म रहनेछ । यसैगरी आज सौभाग्य योग र गर करण रहेको छ । आज काठमाडौँमा सूर्योदय ६।२० मा छ भने सूर्यास्त बेलुका ५।१३ बजे हुनेछ । आज चन्द्रमा तुला राशिमा रहनेछन् ।

आज यमपञ्चककाे चौथो दिन हो । कार्तिक शुक्ल प्रतिपदाका दिन गाईको विशेष पूजा हुने गर्दछ । यस दिनलाई हल तिहार पनि भनिन्छ । यस दिन गोबरको गोवर्धन पर्वउत बनाइ विशेष पूजा गरिन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । भगवान् श्रीकृष्णले एकदिन गोकुलवासीलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राखेपछि गोवद्र्धन पर्वतको पूजा हुन्छ । पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको घोर वर्षा गराउछन् । भगवान श्रीकृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीलाई आश्रय दिएपछि इन्द्र हार खाई माफ माग्न प्ग्छन् । त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको विश्वास गरिन्छ । नेवारी समुदायमा यस दिन म्ह पूजा गरिन्छ ।

LEAVE A REPLY