Home ताजा समाचार आज भाइटीका, मंगलमय शुभकामना सहति हेर्नुहोस् आजको दिन २०७५ कार्तिक २३ गते

आज भाइटीका, मंगलमय शुभकामना सहति हेर्नुहोस् आजको दिन २०७५ कार्तिक २३ गते

235
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल कार्तिक महिनाको २३ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको द्वितीया तिथि राति ९।२० बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अनुराधा नक्षत्र राति ९।३३ बजेसम्म रहनेछ । यसैगरी आज शोभन योग र बालव करण रहेको छ । आज काठमाडौँमा सूर्योदय ६।२१ मा छ भने सूर्यास्त बेलुका ५।१३ बजे हुनेछ । आज चन्द्रमा वृश्चिक राशिमा छन् ।

आज यमपञ्चकको पाँचौँ दिन भाइटीका हो । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् र र्पथ्वीवासीलाई कालको भय हुँदैन भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश, गणेश एवं अष्टचिरञ्जीविको पूजा गरी भाइटीका लगाई आशीर्वाद दिने परम्परा रहेको छ । यस दिन देउसी खेलेर मनोरञ्जन पनि गरिन्छ ।

 तिहारले सबैमा सुख शान्ति र समृद्धि प्राप्त होस् हार्दिक मंगलमय शुभकामना ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY