Home मुख्य समाचार भारतीय कांग्रेसको सरकारलाई चेतावनी : छिमेकी राष्ट्र यसरी उपयोग नहाेस्

भारतीय कांग्रेसको सरकारलाई चेतावनी : छिमेकी राष्ट्र यसरी उपयोग नहाेस्

100
0
SHARE

–हरेकपल टिप्पणी–

पहिले आपसमा शत्रुतापूर्ण अवस्थामा रहेका नेपालका दुई ठूला कम्युनिष्ट पार्टीले एक वर्षअघि एक्कासि मिलेर चुनाव लड्ने र पार्टी एकता नै गर्ने घोषणा गरे । नेपाली राजनीतिलाई नजिकबाट नियाल्ने जो–कोही सो घटनाबाट अचम्मित बनेका थिए ।

दुनियाँले कल्पनै नगरेको दुई पार्टीबीचको कार्यगत एकता र पछि भएको पार्टी एकतामा बाहिरी शक्तिको हात रहेको अधिकांश राजनीतिक विश्लेषकले अनुमान गरे । बाहिरी शक्तिमा पनि अरूभन्दा छिमेकी भारतको नै प्रमुख भूमिका रहेको उनीहरू अधिकांशको मत थियो ।

अहिले भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले नेपाल सरकारको भूमिकाप्रति प्रश्न उठाएको छ । नेपाल सरकार भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र सोही दलबाट प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको इशारामा चलेको आशय व्यक्त गर्दै नेपाल सरकारलाई सचेत गराएको छ ।

नेपालका पुराना कम्युनिष्ट नेता एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दुई पार्टीको मिलन भारतले नै गराइदिएको भनेर ठोकुवा नै गरेका थिए । त्यस कुरालाई पुष्टि गर्दै बिजुक्छेले भनेका थिए, ‘माओवादी भारतमै जन्मेर भारतमै विकसित भयो, भारतकै हतियारले नेपालमा उपद्रो गर्याे । एमालेले महाकाली सन्धिमा सही गरेकै हो । उनीहरूबीच अहिले भारतले मेल गराइदियो ।’

बिजुक्छेले वर्तमन सरकार कम्युनिस्ट सरकारमा कम्युनिस्ट सरकारको कुनै चरित्र नभएकाले आफूहरूले यसलाई कम्युनिष्ट सरकार नमान्ने बताउँदै आएका छन् । उनीहरूमा कम्युनिस्ट चरित्र नभएकाले दुई पार्टीको एकतालाई कम्युनिस्ट एकता भन्न नमिल्ने भन्दै बिजुक्छेले नेकपा कांग्रेसको भाइ पार्टी भएको आरोप लगाउँदै आएका छन् ।

नेपालमा संसदीय निर्वाचनमा बहुमत ल्याएको पार्टी नेपाल कम्युनिष्ट पार्टीमाथि अर्काे पुरानो कम्युनिष्ट पार्टीका अध्यक्षले यस्तो आरोप लगाइरहँदा भारतीय प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नेपाल सरकारमाथि गम्भीर चेतावनी दिएको हो । नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मात्रै महत्व दिएको भन्दै यसो नगर्न आग्रह नै गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेको आरोप लगाउँदै कंग्रेस आईले नेपाल सरकारलाई सचेत गराएको हो । मोदीको पटक–पटकको नेपाल भ्रमण र नेपाल सरकारको नीतिप्रति असन्तुष्टि जनाउँदै कंग्रेस आईले असन्तुष्टि व्यक्त गरेको हो ।

नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि कहिल्यै नचुकेको स्मरण गराउँदै कंग्रेस आईले छिमेकी राष्ट्र यसरी उपयोग हुन नहुने भन्दै कूटनीतिक च्यानलमार्फत सचेत गराएको छ ।

LEAVE A REPLY