Home अर्थवाणिज्य एन आई सी एशिया रेमिटले ल्यायो थप नयाँ  सुविधा

एन आई सी एशिया रेमिटले ल्यायो थप नयाँ  सुविधा

74
0
SHARE

 

एन आई सी एशिया बैंकले तिहार र छठ को अवसरमा थप सुविधा उपलब्ध गराएको छ । अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ । एनआई सी एशिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै ग्राहकहरुलाई नेपाल भरी एक ठाउँबाट अर्काे ठाउँँमा  रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । यस बैंकका मुलुक भर फैलिएको २६५ शाखाका र्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने व्यवस्था गरेको छ । यो सुविधा कार्तिक र मङ्सीर महिना सम्म मात्र लागू हुने छ । चाडपर्वहरुको समयमा बैँकले आफ्ना ग्राहकहरुले पैसा पठाउदा झन्झट नहोस भनेर बैंककले सजिलै पैसा पठाउन र निकाल्न सकिने जानकारी गराएको छ । यो योजना २०७५ साल कार्तिक १८ गते देखि २०७५ साल मङ्सीर २९ गते सम्मलागू हुनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखाकार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा  हुन सफलभएको छ ।

LEAVE A REPLY