Home देश अप्पर र उपल्लोखिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो

अप्पर र उपल्लोखिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो

60
0
SHARE

-वद्री नयाँघरे –

रामेछाप, २० कार्तिक । जिल्लाको गोकुल गंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । उपल्लो खिम्ती १२ मेघावाट र अप्पर खिम्ती दोस्रो ७ मेघावाट क्षमताको जलबिद्युत अयोजनाको काम अहिलेसम्म७० प्रतिशत सम्पन्न भैसकको हो । जस अन्तर्गत, पावर हाउस निर्माण, पाइप लाइन बिछ्याउने, सर्च टैंक निर्माण गर्ने र अन्य संरचनाहरु तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । दुवै आयोजनाले अबको ६ महिना भित्रै बिद्युत उत्पादन गर्न सक्ने निर्माण अभियानमा जुटेको कम्पनि हिमालय उर्जा बिकास कम्पनी लिमिटेडले जनाएको छ ।


करिब एक हजार पाँच सय जना शेयर सदस्य हरुबाट प्राप्त रकम र बिभिन्न ४ वटा वित्तिय संस्थाहरुको समेत सहकार्य गरि करिब ३ अर्ब १५ करोडको अनुमानित लागतमा निर्माणा धिन उक्त आयोजना आगामी ६ महिना भित्र सम्पन्न गरी बिद्युत उत्पादन सुरु हुने कम्पनीका परियोजना ब्यवस्थापक रमाकान्त गौरोले बताए । उनका अनुसार– दुबै आयोजनाको बिद्युत खरिद सम्झौता(पिपिए) भैसकेको छ । जस अन्तर्गत उपल्लो खिम्ती १२ मेगावाट को सुख्खा याममा प्रति युनिट ७ रुपैया र बर्षा याममा प्रति युनिट ४ रुपैया रहेको छ । यस आयोजना बाट बार्षिक ७ करोड ३६ लाख १२ हजार ५ सय उन्नाइस युनिट बिद्युत शक्ति उत्पादनहुने अनुमान गरिएको छ । यसका लागि १ अर्ब ४३ करोड ५० लाख ऋण रकम र शेयर सदस्यहरुबाट संकलित ४७कारोड ९१ लाख १४ हाजार गरी कुल १ अर्ब ९१ कारोड ४१ लाख १४ हजार को लागत अनुमान गरिएको छ ।

त्यसैगरी अप्पर खिम्ती दोस्रो ७ मेगावाट को सुख्खाया ममाप्रति युनिट ८ रुपैया चालिस पैसा र बर्षा याममा ४ रुपैया असी पैसामा भएको छ । यस आयोजना बाट पनि ४ करोड २२ लाख ९१ हजार २ सय अठ्चालिस युनिट बिद्युत शक्ति उत्पादन हुने अनुमान गरिएको छ ।यसका लागि ९२ करोड ४० लाख ऋण रकम र ३० करोड ८२ लाख ६० हजार शेयर रकम गरी कुल १ अर्ब २३ कारोड २२ लाख ६० हजार खर्च हुने अनुमान कम्पनिले गरेको सञ्चालक समितिका सदस्य प्राध्यापक डाक्टर भिम प्रसाद न्यौपानेले वताए। यसर दुवै आयोजनका लागि कम्पनीले कुल ३ अर्ब १४ करोड ६३ लाख७४ हजार रुपैया खर्चै हुने अनुमान गरेको छ ।

जसका लागि नबिल बैक को अगुवाइमा एभरेष्ट बैंक, नेपाल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैक सहितले कुल २ अर्ब ३५ करोड ९० लाख ऋण स्बीकृत गरेका छन् भने ७८ करोड ७३ लाख७४ हजार रकम शेयर सदस्य मार्फत प्राप्त हुने अनुमान गरिएको छ । जसका लागत मध्य ऋण रकम७५ प्रतिशत र शेयर रकम २५ प्रतिशत पर्न जान्छ ।

बिद्युत उत्पादन पश्चात उक्त विद्युत सोहि ठाउँमा नेपाल सरकारको लागानीमा नेपाल बिद्युत प्राधिकरण ले निर्माण गर्न लागेको खिम्ती– गर्जाङ १३२ के.भी.प्रशारण लाइनको शब स्टेशनमा जडान गरिने र उक्त शब स्टेशनको काम पनि पिङगाओ ग्रुपकम्पनी लिमिटेड चाइनाले द्रुतगतिमा गरिरहेको परियोजनाका सामाजीक विकास अधिकृत विनोद फुयाँलले जानकारी गराए । उनले भने यसलाई सम्पन्न र सार्थक वनाउनका लागि कम्पनिले स्थानिय हरु संग पनि नियमित समन्वय र नियम अनुसार दिने सुविधा पनि उपलव्ध गराउँँदै आएको छ । जस अनुसार कम्पनिले स्थानियहरुको रोहवर र जिल्लाका सरोकार हरुका विचमा केहि दिन अघि मात्र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पनगरि सकेको जानकारी पनि फुयाँलले दिए ।

LEAVE A REPLY