Home कला/साहित्य महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथै मनाइदै 

महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथै मनाइदै 

78
0
SHARE

काठमाडौँ, २१ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइदै छ । विराज समाजले सोही उपलक्षमा आज शान्ता उपन्यासको अंग्रेजी संकरण लोकार्पण गरिरहेको छ । यसैगरी मदन भण्डारी साहित्य प्रतिष्ठानले पनि आज साहित्यिक ार्यक्रमको आययोजना गरी भव्य रूपमा लक्ष्मी जयन्ती मनाइरहेको छ ।

देवकोटाको स्मरण गर्दै एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताउनुभएको छ ।

भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले आयोजना गरेको कार्यक्रममा उहाँले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हँुदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वद्र्धन हँुदै गएको धारणा व्यक्त गर्नुभयो ।

खरेलले समीक्षा प्रस्तुत गर्दै अधिकांश कवितामा प्रेम भाव झल्किएको र यसले सत्मार्ग र सत्कर्ममा लाग्न प्रेरित गरेको बताउनुभयो ।

LEAVE A REPLY