Home देश प्रजातन्त्र सेनानी रायमाझीको निधन

प्रजातन्त्र सेनानी रायमाझीको निधन

93
0
SHARE

 

काठमाडौँ, २१ कात्तिक । प्रजातन्त्र सेनानी एवं सिन्धुपाल्चोकका विकसप्रेमी नेता दीपबहादुर रायमाझीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएका रायमाझीको आफ्नै निवास मेलम्ची नगरपालिका– ५ मा निधन भएको सिन्धुपुराना गाउँ उच्चमाविका प्राचार्य कुमार खतिवडाले जानकारी दिनुभयो ।

रायमाझी तीन पटक प्रधानपञ्च, एक कार्यकाल जिल्ला विकास समिति सदस्य र २०४८ सालको स्थानीय निर्वाचनमा तत्कालीन सिन्धुकोट गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँ दुई पटक काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित हुनुभएको काँग्रेस नेता तारानाथ दाहालले जानकारी दिनुभयो । रायमाझीको पार्थिव शरीरमा नेका जिल्ला सभापति विकास लामाले पार्टीको झण्डा ओडाउनुभएको थियो । उहाँलाई श्रद्धाञ्जलि अर्पण गर्न प्रदेश नं ३ का प्रदेशसमभा सदस्य निमा लामा तथा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल त्रिवेणीघाट पु्ग्नुभएको थियो ।

यसैबीच नेपाली काङ्ग्रेसले आज एक विज्ञप्ति जारी गरी रायमाझीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा रायमाझीको निधनले पार्टीले एक कुशल नेतृत्वकर्ता गुमाएको उल्लेख छ । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले रायमाझीको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । रासस

LEAVE A REPLY