Home कला/साहित्य शान्ता उपन्यासको अंग्रेजी संस्करण सार्वजनिक

शान्ता उपन्यासको अंग्रेजी संस्करण सार्वजनिक

117
0
SHARE

कार्तिक २२, काठमाडौँ ।
वरिष्ठ आख्यानकार पुरुषोत्तम दाहालद्वारा लिखित शान्ता उपन्यासको आज एक कार्यक्रमबीच विमोचन गरियो । विराज समाजद्वारा लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘शुभकामना तथा देउसी भैलो क्रर्यक्रम २०७५’ मा उक्त पुस्तकको शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै शताब्दी पुरुष जोशीले शान्ता आफंैमा एउटा दर्शन बोकेको कृति रहेको र यसले दानको महिमालाई उजागर गरेको धारणा व्यक्त गर्नुभयो । यसैगरी जोशीले शान्ता जस्ता मौलिक नेपाली उपन्यास विद्यालय र विश्वविद्यालका पाठ्यक्रममा समावेश गरिनुपर्नेमा समेत जोड दिनुभयो ।

उपन्यासको अंग्रेजी अनुवाद गर्नुभएका नारायण घिमिरेले शान्ता जस्तो गरिमामय कृतिको आनुवाद गर्ने सुअवसर दिएकोमा हार्दिक आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ पत्रकार एवं शान्ता उपन्यासका लेखक आख्यानकार पुरुषोत्तम दाहालले यस कार्यमा प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
विद्यार्थी पुस्तक भण्डारले प्रकाशनमा ल्याएको उक्त पुस्तकको मूल्या ३५० रहेको छ ।

त्यसैगरी आजको कार्यक्रममा विराज समाजले वरिष्ठ कलाकार लक्ष्मी गिरीलाई ‘एक्टीङ क्विन’को उपाधीले सम्मान गरेको छ ।

LEAVE A REPLY