Home पुनर्निर्माण बुङ्मतिस्थित आरतीघर पुनःनिर्माण गरिने

बुङ्मतिस्थित आरतीघर पुनःनिर्माण गरिने

97
0
SHARE

ललितपुर, २६ कात्तिक । बुङ्मतिस्थित आरतीघर ललितपुर महानगरपालिका र गुठी संस्थान मिलेर पुनःनिर्माण गर्ने भएका छन् ।

भूकम्पका समयमा भत्किएको यो घर भत्कँदा मत्स्येन्द्रनाथको विभिन्न पर्व र धार्मिक क्रियाकलापमा अवरोध पुगेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । मत्येन्द्रनाथको जात्राका समयमा बाहेक अरु धार्मिक र सांस्कृतिक पर्वका समयमा आरती घरमा आरती गर्ने गरिन्थ्यो । उहाँले भन्नुभयो, “घर चाँडो फर्काएर धर्मकर्ममा कुनै असर दिनु हुँदैन ।”

साढे दुईतले घर निर्माणका लागि रु ५० लाख लाग्ने अनुमान गरिएको प्रमुख पौडेलले बताउनुभयो । कार्यालयले विभिन्न स्थानमा छरिएर रहेका मन्दिर, पाटीलगायतका पुरातात्विक र धार्मिक महत्वका वस्तुको संरक्षण गर्दै आएको छ । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि यी वस्तुको संरक्षणमा स्थानीय सरकारलेसमेत चासो देखाइरहेका छन् । मत्स्येन्द्रनाथसँग सम्बन्धित संरचना मर्मत, सुधार र पुनःनिर्माणमा पनि कार्यालयले स्थानीय निकायसँग सहकार्य गरिरहेको छ । रासस

LEAVE A REPLY