Home कला/साहित्य ‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने

‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने

131
0
SHARE

काठमाडौँ, २९ कात्तिक । नेपाली भाषामा तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ आयोजना गरिने भएको छ ।

कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म पुरानो बानेश्वरस्थित साइम कलेजमा हुने बहसमा बेलायती संसदीय प्रणालीमा घनिभूत बहस हुनेछ । प्रतियोगिताका संयोजक पदम रेग्मी नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत चार वर्षदेखि निरन्तररुपमा ‘राष्ट्र बहस’ प्रतियोगिता सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य लक्ष्य समावेशीताको सिद्धान्तअनुरुप आफ्ना विचार नेपाली भाषामा व्यक्त गर्न सकिनेछ । प्रतियोगितामा अधिकतम टोली स‌ंख्या ४० जनासम्म हुनुपर्ने र बहसकर्ताको संख्या प्रतिटोली दुईजना हुने नियम छ ।

सहभागी समूहलाई कात्तिक ३० गते तालिम दिइनेछ । मङ्सिर १ र २ गते समूह चरण छनोट गरिनेछ भने मङ्सिर ३ गते नकआउट चरणका साथै मङ्सिर ३ गते नै प्रतियोगिताको फाइनल हुनेछ ।

LEAVE A REPLY