Home कला/साहित्य नेपाली लेखक संघ मोरङद्वारा राष्ट्रकविको अभिनन्दन

नेपाली लेखक संघ मोरङद्वारा राष्ट्रकविको अभिनन्दन

152
0
SHARE

नारायण सापकोटा
मंसिर १०, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको शताब्दीयौं जन्म वर्षको अवसरमा नेपाली लेख संघ मोरङले स्रष्टा साक्षत्कार कार्यक्रम शृङ्खला अन्र्तगत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ । सोमबार राष्ट्रकवि घिमिरेको निवास लैनचौरमा नै पुगेर राष्ट्रकविलाई अभिनन्दन गरिएको हो ।

नेपाली लेखक संघका संस्थापक समेत रहेका घिमिरेले आफूलाई नेपाली लेखक संघ मोरङले संझेर आफ्नै आँगनसम्म अभिनन्दगन गर्न आउँदा आफू खुशीले गदगद भएको बताउनु भयो । आफू नदीको किनार पारि पुगिसकेको अवस्था छ, तपाईहरू वारि नै हुनुहुन्छ । नेपाली साहित्यलाई फुलाउन तपाई कवि लेखकहरूले धेरै गर्न बाँकी रहेको समेत बताउँदै राष्ट्र कविले १०० औँ जन्म दिनमा लेख्नु भएको कविता समेत सुनाउनु भयो । नेपाली लेखक संघका अध्यक्ष गोकुल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली लेखक संघ मोरङका प्रमुख सल्लाहकार दधिराज सुवेदीले राष्ट्र कविका काव्य योगदानको चर्चा गर्नु भएको थियो ।


कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष श्रवण मुकारुङ र महासचिव रत्नमणि नेपालले समेत राष्ट्रकवि र वहाँका रचनाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा कवि प्रह्लाद पोखरेल, कवि नवराज लम्साल र कवि ऋषभ घिमिरेले राष्ट्रकविका रचनाहरू वाचन गर्नु भएको थियो । अभिनन्दन पत्र नेपाली लेखक संघका केन्द्रीय सदस्य राधिका गुरागाईंले वाचन गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले लेख्नु भएका पुस्तकहरू राष्ट्रकविलाई प्रदान गर्नुभएको थियो । विराज समाजका निर्वतमान अध्यक्ष दिनेश कुमार मगरले समेत राष्ट्रकविलाई खादाले सम्मान गर्नु भएको भयो । कार्यक्रममा प्रदेश नं. १ का विशिष्ट कवि तथा लेखकहरूको उस्थिति रहेको थियो ।


यसअघि आज नै राष्ट्रकविकै निवासमा पुगेर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रकविको जन्मशताब्दीको सुखद् अवसरमा स्वस्थ, सक्रिय दीर्घजीवनको शुभकामना व्यक्त गर्नुभयो । साथै वहाँलाई राष्ट्रले उच्च मूल्याङ्कन गरेको समेत बताउनुभयो ।

 

LEAVE A REPLY