Home मुख्य समाचार के गर्दैछ सरकार ?

के गर्दैछ सरकार ?

132
0
SHARE

-बेनी बहादुर कार्की-

मनमोहन अधिकारीको नौ महिने सरकारको जगमा दुई तिहाइ बहुमत पाएको खड्ग प्रसाद ओलीको सरकारले पनि नौ महिना शासन गरि सक्दा बर्तमान् सरकार खड्गोको संघारमा पुगेको छ । हिजो कम्युुनिष्टलाई मत दिएका मतदाताहरु अब नेपाली काँग्रेसलाई मत दिने भनिरहेका छन् । अहिले जन,जनको मुखमा यही आवाज छ । आज नेपाली मतदाताले यस्तो किन भनिरहेका होलान् भन्ने स्वभाबिक जिज्ञाशाको जबाफ नेपाली जनताले दैनिक भोगिरहेको तीतो पिडा र असुबिधाहरु नै पहाड भएर जबाफ दिइरहेका छन् ।

प्रधानमन्त्री ओली उखान टुक्काका धनी हुनु हुन्छ । तर उखान टुक्कालेमात्र मुलुक धनी हुने भए नेपाली जनता सुखी र नेपाल समृद्ध भइसक्ने थियो । तर अहिलेसम्म गरेको कामले यो सम्भव हुने संकेत देखिएन । अहिले प्रम ओली दैनिक आफ्नै मन्त्रीहरु र ठूला कर्मचारीहरुलाई निर्देशन् दिइरहनु भएको छ । उहाँले सडकका खाल्डाहरु पुर्न धेरै पटक निर्देशन् दिइसक्नु भएको छ । तर सडकमा खाल्डाहरु छँदै छन् । उहाँले दशैँ अगाडि नै मेलम्चीको पानी राजधानी बासीलाई खुवाउन स्थलगत भ्रमण गरेरै निर्देशन् दिनु भएको थियो । तर हालै अब त्यो कामपुरा हुन दुइ महिना लाग्ने सूचना आयोजनाले सार्बजनिक गरेको छ । अझै पनि कती लाग्ने हो भन्ने ठेगान छैन । भ्रष्टाचार नियन्त्रणका भाषण पनि उहाँको मुखैमा छ । अब त भाषण नै मुखभित्र पस्न लागेको जस्तो छ । भ्रष्टाचार कम सम्म छाएको छैन । नियन्त्रणको कुरा गर्नु बेकार भएको । उल्टै भ्रष्टाचार संस्थागत भएर झांगिरहेको छ । ३२ कीलो सुनकान्डका ठूला माछा खोलाको पानीबाट समुन्द्रको पानीमुनी पुगिसकेका छन् । गहिरो समुन्द्रको पानीमा ती माछा समात्न सम्भव हुने कुरै भएन । भ्रष्टाचार केन्द्रीय सरकारमा यथावत छँदै छ । त्यो फस्टाएर प्रदेश र स्थानीय सरकारमा समेत ब्यापक भइरहेको गुनासो जन,जनबाट आइरहेको छ । नेपाल वायुसेवामा हालै साँढे छ अरब भन्दा धेरैको भष्टा्चार भएको कुरा माहालेखा र संसदको लेखासमिती समेतको श्रोतबाट आएको छ । नन्दप्रसादको लास अझै अस्पतालमै सडिरहेको छ । निर्मलाका बलत्कारी र हत्याराहरुलाई कारबाही नभएकाले बाबु यज्ञराज मानसिक बिरामी समेत भएकाले शिक्षण अस्पतालमा भर्ना गरिएको छ । । आमा र आफन्त अनसन मै बसरिहेका छन् । तर यो घट्नाका अपराधीहरु गृहमन्त्री राम बहादुर थापा गृहमन्त्री रहेसम्म पक्राउ पर्दैनन् भनेरपनि छापामा आइरहेको छ । सरकारले जनताको भलो गर्ला भन्ने ठूलो अभिलाषाले जनताले मत दिएकोमा साली नानीकी छोरीलाई राजदूत बनाउने निर्णय गरेर ओली सरकारले जनतालाई निराश गराएको छ । जनताका सरकारका राष्ट्पतिलाई करोडौंको गाडी किन्न सरकार ले कम्मर कसेको छ । यी र यस्तै अनेकौं गलत काम ओली सरकारले गरेकाले राजनीति र कर्मचारीका स्वार्थी घेरालेमात्र होइन आफनतहरुले समेत प्रम ओलीलाई असफल गराइ सकेका छन् ।

चौमासिक समीक्षामा बजेटको आठ प्रतिशतमात्र खर्च भएकाले काम सन्तोषजनक नभएको घाम झैं छर्लंंग छ । आन्तरिक ब्ययभार चुलिदो छ । बैदेशिक सहयोग सोचेजती आइरहेको छैन । उत्तरतिर ढल्किदा र दक्षिणतिरको चित्त बुझाउादा आफू हावा भएको अवस्था आफैँलाई पत्तो भएको छैन । अनी चौतर्फी कमजोरी देखेर नेपाली जनता ओली सरकारबाट निरास भइसकेका छन् । अहिलेसम्म ने.क.पा.लाई पूर्णता दिननसक्नु, आफ्नै दलका नेता बामदेब गौतमले २१ जनाको बिरोधी समुह बनाउनु , प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग दुरी बढ्नु र कुनैपनि ठोस् काम नगरी नौ महिना भाषण मै अत्यधिक समय बिताउनुले ओली सरकार अपजस्को भूमरीमा परेको छ । सारासंमा भ्रष्टाचाार अत्यधिक बढ्नु , कुनैपनि ठोस् काम गर्न नसक्नु बलत्कार र हत्याका घट्नामा अत्यधिक वृद्धि हुनुकासाथै महिला हिंसाले महिला र जेष्ठ नागरिकहरुको आत्मामा चोट पुगेको छ । गर्नुपर्ने काम नगरेको र गर्नु नपर्ने काम गरेकाले नै ओली सरकार असफलताको सँघारमा पुगेको छ । यो सरकारका यस्ता कामले पूर्व प्रम स्व. मनमोहन अधिकारीले बनाएको धरोहरको जगनै हल्लिएको छ । बेला छँदै होस् नगरे त्यो जग यो सरकारको कामले भत्कन बेर लाग्ने छैन ।

LEAVE A REPLY