Home ताजा समाचार सरकारविरुद्ध शिक्षकहरुको विशाल प्रदर्शन

सरकारविरुद्ध शिक्षकहरुको विशाल प्रदर्शन

219
0
SHARE

–हरेकपल संवाददाता–

काठमाडौं, १४ मंसिर । नेपाल शिक्षक महासंघ र सहयोगी शिक्षक संस्थाहरुले आज एघार वजे विशाल विरोध जुलूस प्रदर्शन गरेका छन् । विगत समयमा शिक्षकहरुसंग गरिएको पच्चीस वूंदे सहमतिको उल्लंघन भएको भन्दै शिक्षकहरुले सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।

देशभरीबाट स्थानीय वाल्मीकि क्याम्पसको प्रांगण र त्यसवरिपरि जम्मा भएका करीव दश हजार शिक्षकहरुले सरकारले पच्चीस वूंदे सहमति उल्लंघन गरेको हुनाले तत्काल सो सहमति कार्यान्वयन गर्न माग गरेका थिए । कालो व्यानर सहित निस्किएको विरोध जुलूसलाई भृकुटी मण्डप सभागृहसम्म जान दिए पनि त्यस उता रोकिए पछि उनीहरुले मण्डप भित्र पसी सभा गरेका थिए । यो विरोध प्रदर्शन संयुक्त भएको जानकारी नेपाल शिक्षक संघका पूर्व सभापति केशव निरौलाले यस सम्वादातालाई दिनुभएको थियो ।

विरोध प्रदर्शनमा देशभरबाट शिक्षकहरु राजधानी आएका छन् । तर कतिपयलाई राजधानी पस्ने विभिन्न नाकाहरुमा रोकिएको जानकारी समेत प्राप्त भएको छ । यसैबीच धादिङबाट काठमाडौं आएका शिक्षकहरुलाई खानीखोलामै रोकिएको खबर प्राप्त भएको छ ।

LEAVE A REPLY