Home सहकारी साकुरा बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

साकुरा बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

59
0
SHARE

भक्तपुर । साकुरा बहुउद्देश्यीय सहकारी संस्था लि, सूर्यविनायकको तेस्रो वार्षिक साधारण सभा शनिबार सूर्यबिनायक नगरपालिकाको नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।कार्यक्रममा नगर प्रमुख थापाले संविधानले परिकल्पना गरेको तीन तहको सरकार मध्ये स्थानीय तह मातहत सरकारी संस्था रहेकाले सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्ने दायित्व नगरपालिकाको भएको बताए ।

नगर प्रमुख थापाले सहकारीको सिद्धान्त, मूल्य मान्यतालाई ध्यान दिएर सहकारी संस्थाले रोजगारीमूलक, उत्पादनमूलक, आयमूलक र व्यवसायमूलक क्षेत्रमा लगानी गरि युवा शक्तिलाई विभिन्न अवसरहरु दिई श्रम, सिप र दक्षता स्वदेशमा नै उपयोग गरी युवा शक्ति विदेशीने क्रमलाई केही हदसम्म रोक्न महत्वपूर्ण भुमिका खेलेको बताए ।
आफ्नो नगरका बारे जसरी भ्रष्टाचारको बिषय बाहिर आएको छ, त्यसमा सत्यता नभएको र गलत काम गर्ने हरेकलाई कानुनी प्रक्रिया अनुसार कारवाहीको भागी बनाउने समेत उनले बताए ।सूर्यबिनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले सामान्य बचत गरि जीवनको आर्थिक पाटोलाई सबल बनाउने काममा साकुराको भूमिका अझ मजबुद पार्दै लैजानु पर्नेमा जोड दिए । कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्र कुमार मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY