Home मुख्य समाचार नया युगको संज्ञा अलोकप्रियता ढाक्न खोजिएको पातलो पछ्यौरी मात्र : कांग्रेस प्रवक्ता

नया युगको संज्ञा अलोकप्रियता ढाक्न खोजिएको पातलो पछ्यौरी मात्र : कांग्रेस प्रवक्ता

76
0
SHARE

मंसीर १६, काठमाडौं । नयाँ युगको संज्ञा सरकारको बढ्दो अलोकप्रियता ढाक्न खोजिएको पातलो पछ्यौरी मात्र भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ सकारात्मक भए पनि त्यसको प्रचारशैली अनावश्यक र भड्कीलो भएको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले पोल पोलमा टाँसिएको प्रधानमन्त्री केपी ओलीको तस्वीरलाई चौतारीमा राजा भेटिएको संज्ञा दिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसदबाट पारित भई साउन २९ मा राष्ट्रपतिबाट प्रमाणित भएको ऐनलाई मंसिर ११ गते कम्युनिष्ट सरकारले आफ्नै नयाँ कार्यक्रम जस्तो गरी प्रधानमन्त्री केपी ओलीको तस्वीर शहरमा सजाएर पार्टीगत प्रचार गरेकोमा ध्यानाकृष्ट भएको कांग्रेसले जनाएको छ।

भड्किलो शैलिको झुठो प्रचारले नभई परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट कार्यान्वयन संभब हुने कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बताए ।
सम्भव हुने व्यवहारिक यथार्थप्रति नेपाली कांग्रेस नेपाल सरकारलाई सचेत गराउन चाहन्छ । कार्यक्रमको सफलताका लागि कांग्रेसको खबरदारी र आबश्यक साथ रहने उनले बताए।

नयाँ युगकै संज्ञा दिनु पर्ने हो भने संसदमा पेश भएको दिन अथवा पारित भएको दिन अथवा राष्ट्रपतिबाट प्रमाणिकरण भएको दिन अथवा गत मंसिर ११ मा तामझाम गरिएको दिन, अझ यो कार्यान्वयनमा आउन तय गरिएको ०७६ साउन १ को दिन कुन दिन हो ? कांग्रेसले भनेको छ ‘एउटै सन्दर्भमा कतिवटा दिनलाई नयाँ युगको संज्ञा दिने ? त्यसैले नयाँ युगको संज्ञा सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै भएको कांग्रेसको ठहर रहेको प्रवक्ता शर्माले बताएका छन् ।

नयाँ युग शुरु भनेर कांग्रेसका पालामा संसदबाट पारित ऐन बोकेर भड्किलो तामझाम गर्ने तर कांग्रेसको त्यही सरकारले स्पाइनल इन्जुरी भएर ह्वील चेयरमा बसेका, किड्नी, क्यान्सर र मुटु रोगका असक्त विरामीलाई मासिक ५ हजार जिविकोपार्जन भत्ता दिने निर्णय भने सरकारले खारेज गरेको कांग्रेसको बिज्ञप्तिमा उल्लेख छ।

श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचार नै गर्नु पर्दा श्रमिकको तस्वीर कही प्रयोगमा नल्याइनु तर चुनावी प्रचार जस्तै गरेर प्रमको तस्वीरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा जताततै टास्नुले नयाँ युग होइन पुरानो युगको सम्झना गराएको प्रबक्ता शर्माले बताए।

उनले प्रश्न गरे ‘यो कस्तो नयाँ युग जहाँ प्रधानमन्त्रीको तस्वीर टोलटोलमा, विजुलीका पोलपोलमा सजाउन हुने तर एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर उनको तस्वीर सहितको पोष्टर टाँसिदा च्यातिनु पर्ने र नागरिक गिरफ्तार हुनु पर्ने ? यो अराज शैली भएकाले तत्काल सच्चिन र पीडितलाई न्याय दिन पनि आग्रह गरिएको छ ।

LEAVE A REPLY