Home ताजा समाचार सरकार सबै कुराबाट फेल भयो : लेखा समितिका सभापति शाह

सरकार सबै कुराबाट फेल भयो : लेखा समितिका सभापति शाह

66
0
SHARE

राम प्रसाद भण्डारी / मङ्सिर १६ बुटवल । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले प्रदेशलाई अधिकारविहीन एबम कमजोर बनाएको बताएका छन् । केन्द्रले प्रदेशलाई अधिकार नदिँदा प्रदेश को कार्यशैलीमाथि प्रश्नै प्रश्न खडा भएको बताए ।

नेपाल प्रेस युनियन रूपन्देहीले आईतवार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै शाहले जिल्ला प्रशासन, प्रहरी प्रशासन प्रदेश सरकारको पूर्ण स्वामित्वमा आउनुपर्ने बताए । पूर्व अर्थराज्यमन्त्री समेत रहेका शाहले भने, `देशको गत सुस्त हुनुका साथै देशमा उत्पादन तथा निर्यात सुन्य हुनाले नेपालीहरु मारमा परेको बताए ’ ।

उनले सरकारले एनसेल बाट ६२ अर्ब लाभकर उठाउन पर्ने भएतापनी जम्मा २४ अर्ब उठाएको र वाइड बोडी बिमान खरिद गर्दाको अनियमितता छानबिन भईरहेको समेत बताए । उनले समिती जहिले पनि सरकारको प्रतिपक्ष हुने हुँदा निरन्तर खबर्दारी गरी अगी बढ्ने समेत बताए साथै उनले निर्मला पन्तको हत्यारालाई अहिले सम्म समात्न नसक्नु सरकारको कमजोरी रहेको समेत बताए। नेपाली कांग्रेस रुपन्देहीका युवा नेताहरु एबम रुपन्देहीका अग्रज पत्रकार सम्मिलित कार्यक्रममा युनियनका सभापति रेखा भुसालको सभापतित्व र सहसचिव कल्पना तिवारीको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।