Home ताजा समाचार काम, क्रोध र लोभ कस्ता कुरा हुन् ? हेर्नुहोस् आजको नीति वचन

काम, क्रोध र लोभ कस्ता कुरा हुन् ? हेर्नुहोस् आजको नीति वचन

99
0
SHARE

त्रिविधं नरकस्येदं द्वारनाशनमात्मनः ।
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ।। – विदुर नीत

काम, क्रोध र लोभ यी आत्मा नाश गर्ने नरकका तीन ढोका हुन् । त्यसैले जीवनमा यस्ता कुरा सधैँ त्याज्य हुन्छन् ।

काम, क्रोध र लोभलाई महात्मा विदुरले नरकका तीन ढोका मानेका छन् । जसले आत्मालाई पनि नाश गरिरहेका हुन्छन् । कामको मात्रालाई पनि निश्चित राख्नु पर्छ । काम हाम्रो शत्रु हो । यसैगरी हाम्रो अर्को शत्रु क्रोध हो । क्रोधको अग्निले सदा जलाउँछ मात्र । त्यसैले जीवनमा क्रोध पनि त्याज्य मानिएको छ । यसैगरी लोभ पनि अति नगर्नु भन्ने विदुरको वचन छ । लोभले लाभ त होेला तर लाभले विलाप पनि हुन सक्छ । त्यसैले काम, क्रोध र लोभ सफल जीवनका निम्ति त्याज्य हुन्छन् भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –

LEAVE A REPLY