Home अर्थवाणिज्य ‘सहकारी नेतृत्व र व्यवस्थापनमा अध्यात्मिक चेतना’ विषयक डबली सम्पन्न

‘सहकारी नेतृत्व र व्यवस्थापनमा अध्यात्मिक चेतना’ विषयक डबली सम्पन्न

71
0
SHARE

मंसिर १९, काठमाडौँ । ललितपुरमा ‘सहकारी नेतृत्व र व्यवस्थापनमा अध्यात्मिक चेतना’ विषयक डबली सम्पन्न भएको छ । सहकारी क्षेत्रमा देखापरेका अनेकौँ चुनौती निराकरणको एकमात्र उपाय अध्यात्मिक चेतना भएकाले यस्तो ज्ञान सबैमा पुर्याउनुपर्ने निष्कर्षका साथ सुचना चौतारी सञ्चार सहकारीको ३२ औँ डवली शृङ्खला सम्पन्न भएको छ ।

स्वागतम् वचत तथा ऋण सहकारी लिमिटेड ललितपुरको आयोजनमा हिजो सम्पन्न डवलीमा सहकारी नेतृत्व र व्यवस्थापनमा अध्यात्मिक चेतना किन चाहिन्छ भन्ने बारेमा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नरायाणप्रसाद निरौलाले आफ्नो प्रस्तुति राख्नु भएको थियो । प्रस्तुति पश्चात् उपस्थित प्रतिनिधहरूले आआफ्नो धारणा राख्नुभयो ।

सुचना चौतरी सञ्चार सहकारीका अध्यक्ष विपिन शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा उपत्यकाका विभिन्न वचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY