Home ताजा समाचार अरुको खिल्ली किन उडाउनु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन

अरुको खिल्ली किन उडाउनु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन

141
0
SHARE

 

लज्ज्यते च सुह्द् येन भिद्यते दुर्मना भवेत् ।
वक्तव्यं न तथा किञ्चिद् विनोदेऽपि च धीमता ।। –शुक्रनीति १।२२८

जुन काम गर्नाले मित्रमा लज्जाबोध (हानि) हुन्छ त्यस्तो कार्य गरेर आफू नहास्नू । अर्थात् मित्रको खिल्ली नउडाउनू ।

अर्काको खिल्ली उडाउनु भनेको आफ्नो पनि अरुले खिल्ली उडाओस् भन्नुजस्तै हो । अरुलाई लज्जित बनाएर आफ्नो मनोविनोद गर्नु सर्वथा निन्दनीय कार्य हो । यस्तो कार्य गर्नाले मित्रतामा दरार आउनुका साथै आफ्नो अस्थित्वमाथि नै प्रश्न उठ्न सक्छ । सवैको हित हुने कार्य गर्नु पर्दछ । अरुको खिसी उडाएर आफू हास्नु सज्जन व्यक्तिको लक्षण पनि होइन । असल व्यक्तिले यस्तो कार्य कदापि गर्नु हुँदैन भन्ने शुक्राचार्यको नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –

LEAVE A REPLY