Home ताजा समाचार नवधरहरा शिलान्यास हुँदै

नवधरहरा शिलान्यास हुँदै

129
0
SHARE

काठमाडौँ, १२ पुस । आज धरहरा पुनर्निर्माणको शिलान्यास हुँदैछ । भूकम्पले धरहरा भत्किएको तीन वर्ष ८ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्न लाग्नुभएको हो ।

२०७२ वैशाखमा आएको गोरखा भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा संरक्षण गर्दै सोही परिसरमा नयाँ धरहरा ठड्याउने काम आजदेखि शुरु हुदैछ ।

काठमाडौँको सान र गौरवको रूपमा ठडिँदै आएको धरहराको सम्झनामा पहिलेकै स्वरूप तर अत्याधुनिक प्रविधिले युक्त नवधरहराको निर्माण गर्न लागिएको हो । नयाँ बन्ने धरहरा राजधानी प्रमुख स्मारक हुनेछ । आगामी दुई वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न भइसक्ने दाबी पुनर्निर्माण प्राधिकरणको छ ।

धरहरासँग काठमाडौंवासीको मात्र होइन धेरै नेपालीको भावना जोडिएकोले अब बन्ने धरहरा पूर्णरूपमा नेपालीहरूकै लगानीमा बनाउने निर्णय सरकारले गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको डिजाइन अनुसार नवधरहराले करिब ४२ रोपनी क्षेत्रफल समेट्नेछ । त्यसमा हालको टक्सार विभाग, गोश्वारा हुलाक र सुन्धाराको क्षेत्रलाई पनि धरहराकै परिसरमा समेटिने योजनामा रहेको छ । नयाँ धरहराका डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एण्ड एशोसिएट्सले तयार पारेको हो । उक्त डिजाइन अनुसार नयाँ बन्ने धरहरामा जमिनमुनि दुई र जमिनमाथि २२ तला गरी जम्मा २४ तलाको हुनेछ । तर बाहिरबाट हेर्दा ११ तलाजस्तो मात्र देखिनेछ । क्षतिग्रस्त धरहराको ठुटो भागलाई भने माथि छत राख्नुका साथै चारैतिरबाट १० मिलिमिटरको ‘टेम्पर ग्लास’ ले घेरिनेछ ।

LEAVE A REPLY