Home मुख्य समाचार मेलमिलाप र एकतामा बेमेल किन ?

मेलमिलाप र एकतामा बेमेल किन ?

117
0
SHARE

-बेनी बहादुर कार्की-

यही ०७५ साल पुस १६ गते नेपाली काँग्रेसले नेपालभरी राष्ट्रिय मेलमिलाप र एकता दिवस् मनाउन केन्द्रिय प्रतिनिधि पठाएरै औपचारिकता पुरा गरेको छ । यतीले मात्र यो काम पुरा हुँदैन । यसलाई साँच्चै आत्मसाथ गरेर नेपाल र नेपालीको हितमा कामगर्न सक्नु पर्छ । महामानव बी.पी.ले प्रवास (भारत ) बाट राष्ट्यिताको भावनाबाट ओतप्रोत भएर ०३३ साल पुस १६ गते देखि यो शुरु भएकाले यसपटक ४३ औं राष्ट्रिय मेलमिलाप र एकता दिवस मनाइएको हो । त्यो बेला बी.पी.ले भारतमा बसेर नेपालको राष्ट्रियता खतरामा पर्ने बुझेर आफ्नो र स्व.शैलेजा आचार्य,खुम बहादुर खड्का राम बाबु प्रसाईंसमेतका साथीहरुको ज्यान जोखीममा राखेरपनि अदम्य शाहस गरेर नेपाल फर्केकाले यो दिवसलाई राष्ट्रिय मेलमिलाप र एकता दिवस भनिएको हो । जो कोहीले यस्तो शाहस गर्न सक्ने काम होइन । धेरैले बुझ्न नसकेको बिषय पंचायतको कालरात्रीमा ज्यानको बाजी लगाएर बी.पी. नेपाल आएपछि राजा र मेरो गर्दन् एउटै डोरीले बाँधिएकोछ भनेर प्रजातन्त्र बादीहरुलाई समेत चकित् पार्नु भएको थियो । बी.पी.ले नेपालका राजालाई बुझेझैं त्यतीबेलाका राजा महेन्द्र देखि ज्ञानेन्द्र सम्मले बुझेको भए आज पुर्व राजा ज्ञानेन्द्रले आजका नेताहरु र मन्त्रीलाई नमस्कार गरेझैं नमस्कार गर्नु पर्ने थिएन ।

नेपाली काँग्रेसको इतिहास संस्मरणगर्दा बी.पी. र मातृका दाजु भाइसमेतमा बेमेल भएकै कारण २००७ सालपछि २०१७ सालको दुर्भाग्य नेपाल र नेपालीले ब्यहोर्नु परेको हो । त्यो दुःखद दिन ल्याउन डा.तुलसी गिरीकोपनि खतरनाक भूमिका रहेको प्रजातन्त्रप्रेमी नेपालीले बिर्सिने कुरो होइन । यसपछिपनि नेपाली काँग्रेसमा फुटको आरोह अबरोह भएकै हो । जस् अन्तरगत गणेशमान् र किसुनजीसमेत आफ्नो जीबनको उत्तरार्धमा काँग्रेससँग रुष्ट भएर आँसु पिएर बसेको दुःखद इतिहासपनि नभएको होइन । बेमेलको क्रम बी.पी. देखि जी.पी.सुशील हुँदै अहिले शेरबहादुर देउवा र रामचन्द्र पौडेलसम्मपनि उस्तै झांगिएको छ । यो हेर्दा निष्ठावान, असल र इमान्दार काँग्रेस अन्त्यमा किनारा लाग्नु कुनै अनौठो होइन भन्नै पर्ने हुन्छ । हुनत यस्तो जुनसुकै कालखन्डमा सबै दलमा हुन्छ । अहिले मिलेर दुइतिहाइको दम्भ देखाइरहेको ने.क.पा.मापनि मेलमिलाप धरमराइरहेको छ । यही लक्षणले यो दलपनि धेरैदिन यसरीनै एकभएर टिक्नेछाँट देखिंदैन । राणाकालबाट प्रजातन्त्र,बहुदल,लोकतन्त्र र गणतन्त्रमासमेत मुलुकमा आइसक्दापनि देश हाक्ने नेताहरुकोगुणमा कुनै परिबर्तन् नभएर उही मुसेदाउमै रहनु भनेको दुःखद शिबाय केही हुँदै होइन । नेपालमा अरुदलको इतिहासनै कमजोर भएकाले लामो र गौरबमय इतिहास् भएको नेपाली काँग्रेस्ले कम्तीमा उज्वोल भबिश्य बनाउन ुपर्नेहो । अहिले सम्मको छाँटकाँटमा योपनि मुस्किल देखिंदैछ । किनभने बास्तबिकतालाई टाढा राखेर दुबै समुहकानेता आफुलाई बहादुर र ठूला भनिरहेका छन् । यही बेमेलले काँग्रेस्को अबस्था खस्केकोभने यीनीहरुलाई होसै छैन । नेताहरुकाबीच बेमेल भएकै कारण बीगतका अन्तरघातसमतेका आत्मघाती कर्तुतले काँग्रेसलाई अहिलेको कमजोर अबस्थामा ल्याएको हो । अहिलेका नेतामा महामानब बी.पी.ले त्यो बेलादेखिनै एकताको संन्देश दिएको स्मरण भएको अनुभूति पाईंदैन । यहीरुप रहिरहनेहोभने गगन्थापासमेतका युवा नेताहरुले भनेझैं आउनेदिनमा यी नेताहरुको नेतृत्व सफल हुन मुस्किलपर्ने देखिन्छ । आफ्नो र मुलुकको भबिश्य बनाउनेहोभने तेश्रोधारपनि होइन सबै एकैधार बनेर नेपाल बनाउनुकाृे बिकल्प छँदैंछैन ।

नेपाली काँग्रेस्ले प्रत्येकबर्ष गराउनुपर्ने महासमिति बैठक तीन बर्षपछि हालै पूर्बनिर्धारित समयभन्दा दुगुना समय लगाएर काठमान्डौंमा गरेकोको छ । यसो हुनुमा नेतृत्वको कमजोरीलेगर्दा संशोधित बिधानमा सहमति हुननसकेकैले भएको हो ।प्रस्ताबित मस्यौदामा अधिकाँन्स पदाधिकारीहरु सभापतिबाट मनोनित गरिने प्राबधान पेश गरिएको थियो । तर इत्तर पक्षले सो प्रस्ताबमा बिरोध गरेकाले कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीहरु निर्बाचनबाटै आउनुपर्ने महासमिति बैठकबाट पारित भएको छ । यसबाट नेपाली काँग्रेसका अधिकान्स महासमितिका सदश्यहरु अग्रगामी धारमा देखिएका छन् । यतीमात्र नभएर अत्यधिक युवा प्रतिनिधीहरुले सत्तरी बर्षभन्दा धेरैउमेर भएका नेताहरुले बिश्राम लिएर युवाहरुलाई अबको नेतृत्व दिनुपर्ने आवाजलाईपनि बुलन्द पारेका छन् । यसबाट बर्तमान नेतृत्वले अबको अधिकान्सको चाहना युवाकै नेतृत्वहो भन्नेकुरा बुझ्नै पर्ने भएको छ । अहिलेको काँग्रेसको खस्कँदो अबस्थालेपनि यही संकेत गरेको छ । यो यथार्थलाई नेतृत्वले आत्मसाथ गरेमामात्र काँग्रेसको भबिश्य उज्वोल हुने देखिन्छ ।

नेतृत्व जस्को भएपनि अहिलेको बेमेलले काँग्रेसलाई धेरै नोक्सान भएको छ । सभापति शेर बहादुर देउवाले जसरीपनि दलमा आफ्नो बर्चश्व र बहुमत गराउन गरेका हर्कतहरुपनि आत्मघाती काम हुन् । वरिष्ठनेता रामचन्द्र पौडेल वा जोकोही नेतालेपनि सिमीतरुपमा आफू र आसेपासेको हितकोलागि काँग्रेसलाई घाटा पुग्नेकामगरेमा कालान्तरमा आफैंलाई नोक्सानगर्छभन्ने यथार्थ बेलैमा बुझे राम्रोहुने छ । जसरी बिगतमा यीनै नेताहरुले गरेको गल्ती अहिले महसुस् गरेर पश्चाताप गरिरहेका छन् । त्यसैले अब यस्तो गल्ती कसैले कहिल्यै नगरेर युवाहरुको दवाब परेपछि मुखलेमात्र होइन, आत्मा देखिनै एक भएर काँग्रेसको हितमा कामगर्न आजै प्रणगर्न आबश्यक भएको छ । महामानब बी.पी.को राष्ट्रिय मेलमिलाप र हालै सम्पन्न भएको महासमितिको बैठकलेसमेत यही सन्देश दिएको छ । हाल सत्तामा रहेको ने.क.पा.को सरकारले गरेको मनपरिले हजारौंको बलिदानीबाट प्राप्त गणतन्त्र खतरामा परेकाले नेपाली काँग्रेस ्एकढिक्का भएर बचाउन जरुरी भएको छ । । महामानब बी.पी.ले बेलैमा राष्ट्र र राष्ट्रियताकोलागि राष्ट्रिय मेलमिलाप र एकताको महत्वपूर्ण सन्देश दिएको काँग्रेसमा अहिले यस्तो बेमेल किन ? त्यसैले काँग्रेस एक भएर अहिलेको गणतन्त्रलाई बलियो बनाउन सक्नु पर्छ ।

LEAVE A REPLY