Home मनोरन्जन राजेश र कमलसँगै झुमे हजारौँ दर्शक

राजेश र कमलसँगै झुमे हजारौँ दर्शक

98
0
SHARE

नेपालको चर्चित गायकको प्रस्तुति माझ नेपालगञ्जले २०१९ लाई स्वागत गरेको छ । नेपालगञ्ज म्युजिक फेस्टिभलमा नेपालका चर्चित गायक राजेशपायल राई, कमल खत्री लगायत आधादर्जन गायकले आफ्नो प्रस्तुति राखेका थिए । सोमबार राती नमस्ते रिसोर्टमा म्युजिक फेस्टिभल आयोजना भयो । मध्यपुसको सो राति भीडभाड बढ्दै थियो । सोही बेलागायक राजेश पायल राईले प्रस्तुति दिँदा त्यहाँको वातावरण एकाएक चिसोबाट तातियो । सबैजना राजेशसँगै तालमा ताल मिलाएर गाउन थाले । राजेश पनि दर्शकहरुसँगै हौँसिदै गाउन थाले । उनले दर्शन नमस्ते लगायतका गीतहरु गाए । दर्शकको उत्साह बढ्यो । उनको मन मानेन । उनले उक्तगीत चार पटक सम्मगाए । उक्त कार्यक्रममा राजेशसँगै कमल खत्रीको साथै नेपाल आइडल १ का सुजाता पाण्डे र सुरज थापाले पनि प्रस्तुति दिए । हाँस्य व्यङ्ग्यका कलाकार सन्दीप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हँसाए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले सञ्चालन गरेका थिए । राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारले पनि फेस्टिभलमा आफ्नो प्रस्तुति राखेका थिए । आवाज डी ब्याण्ड, छमछमी सिजन ३ का सेकेन्ड रनरअप शेखर घर्तीमगर, श्रृष्टि शाही, सुस्मिता शाहीलगायतले नृत्य प्रस्तुत गरेका थिए । फेस्टिभलमा बाँकेका प्रमुखजिल्ला अधिकारी मदन भुजेल, ४ नम्बर बाहिनीप्र मुखनिरज पौडेल, जिल्ला प्रहरी प्रमुख अरुण पौडेल लगगायतका उपस्थिति थियो । उक्तफेस्टिभल बलामी फिल्म इन्टरटेन्टमेन्टले आयोजना गरेको हो । कार्यक्रममा हजारौं दर्शकहरुको भिँड लागेको थियो । साथै कार्यक्रममा ढाका टोपी दिवसको अवसरमा नेपाली ढाका टोपी लगाइएको थियो । कलाकारदेखि दर्शकहरुले उक्त टोपीलगाए । यसले नेपाली ढाका टोपीको प्रचार प्रसार भएको आयोजक समिर बलामीले जनाए । फेस्टिभल अंग्रेजीनयाँवर्ष २०१९ को अवसरमा गरिएको थियो । नेपालगञ्जमा शारदा इभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा उक्त कार्यक्रमभएको हो । बलामीफिल्म इन्टरटेन्टमेन्टले यससँगै देशभर ६ वटा कार्यक्रम गर्ने आयोजक प्रमुख बलामीले बताए । कार्यक्रममा १५ वर्षदेखि ६० वर्षसम्मका दर्शकलाई लक्षित गरिएको थियो । कार्यक्रम सोमबार साँझ ४ बजेदेखि मध्यरात १२ बजेसम्म सञ्चालन भएको थियो ।

LEAVE A REPLY