Home मुख्य समाचार मेलमिलाप र एकतामा बेमेल किन ?

मेलमिलाप र एकतामा बेमेल किन ?

188
0
SHARE

-बेनीबहादुर कार्की-

पुस १६ गते नेपाली काँग्रेसले नेपालभरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस् मनाउन केन्द्रिय प्रतिनिधि पठाएरै औपचारिकता पूरा गरेको छ । यतिलेमात्र यो काम पूरा हुँदैन । यसलाई साँच्चै आत्मसात् गरेर नेपाल र नेपालीको हितमा कामगर्न सक्नुपर्छ । महामानव वी.पी.ले प्रवासबाट राष्ट्यिताको सुरक्षार्थ ०३३ साल पुस १६ गते अनेक अप्ठेराहरु सामना गर्दै स्वदेश फर्केदेखि यो शुरु भएकाले यसपटक ४३ औं राष्ट्रिय मेलमिलाप र एकता दिवस मनाइएको हो । त्यो बेला बी.पी.ले नेपालको राष्ट्रियता खतरामा पर्ने बुझेर आफ्ना अनन्य मित्र गणेशमान सिंह सहित शैलेजा आचार्य,खुमबहादुर खड्का रामबाबु प्रसाईंसमेतका साथीहरुको ज्यान जोखीम्मा राखेरपनि अदम्य शाहस गरेर नेपाल फर्केकाले यो दिवस्लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवस् भनिएको हो । जो कोहीले यस्तो साहस गर्न सक्ने काम होइन । धेरैले बुझ्न नसकेको बिषय पंचायतको कालरात्रीमा ज्यानको बाजी लगाएर बी.पी. नेपाल आएपछि राजा र मेरो गर्दन् एउटै डोरीले बाँधिएकोछ भनेर प्रजातन्त्रवादीहरुलाईसमेत चकित् पार्नु भएको थियो । वी.पी.ले नेपालका राजालाई बुझेझैं त्यतीबेलाका राजा महेन्द्र, वीरेन्द्र देखि ज्ञानेन्द्र सम्मले बुझेको भए आज पूर्व राजा ज्ञानेन्द्रले आजका नेताहरु र मंत्रीलाई नमस्कार गरेझैं नमस्कारगर्नु पर्ने थिएन ।

नेपाली काँग्रेसको इतिहास स्मरणगर्दा वी.पी. र मातृका दाजु भाइसमेतमा बेमेल भएकै कारण २००७ सालपछि २०१७ सालको दुर्भाग्य नेपाल र नेपालीले ब्यहोर्नु परेको हो । त्यो दुःखद दिन ल्याउन डा.तुलसी गिरीकोपनि खतरनाक भूमिका रहेको प्रजातन्त्रप्रेमी नेपालीले बिर्सिने कुरो होइन । यसपछिपनि नेपाली काँग्रेसमा फुटको आरोह अवरोह भएकै हो । जस् अन्तरगत गणेशमान् र किसुनजीसमेत आफ्नो जीवनको उत्तराद्र्धमा काँग्रेससँग रुष्ट भएर आँसु पिएर बसेको दुःखद इतिहासपनि नभएको होइन । वेमेलको क्रम वी.पी. देखि जी.पी.,सुशील हुँदै अहिले शेरबहादुर देउवा र रामचन्द्र पौडेलसम्मपनि झांगिएको देखिन्छ । यो हेर्दा निष्ठावान, असल र इमान्दार काँग्रेस अन्त्यमा किनारा लाग्नु कुनै अनौठो होइन भन्नै पर्ने हुन्छ । हुनत यस्तो जुनसुकै कालखण्डमा सबै दलमा हुन्छ । अहिले मिलेर दुईतिहाईको दम्भ देखाइरहेको ने.क.पा.मापनि मेलमिलाप धरमराइरहेको छ । यही लक्षणले यो दलपनि धेरैदिन यसरीनै एकभएर टिक्नेछाँट देखिंदैन । राणाकालबाट प्रजातन्त्र,बहुदल,लोकतन्त्र र गणतन्त्रमासमेत मुलुकमा आइसक्दापनि देश हाक्ने नेताहरुको गुणमा कुनै परिवर्तन् नभएर उही मुसेदाउमै रहनु भनेको दुःखद वाहेक केही हुँदै होइन । नेपालमा अरुदलको इतिहासनै कमजोर भएकाले लामो र गौरवमय इतिहास् भएको नेपाली काँग्रेस्ले कम्तीमा उज्वल भविश्य बनाउनु पर्ने हो । अहिलेसम्मको छाँटकाँटमा जुन मुस्किल देखिंदैछ । किनभने वास्तविकतालाई टाढा राखेर दुबै समूहका नेता आफूलाई बहादुर र ठूला भनिरहेका छन् । यही वेमेलले काँग्रेस्को अवस्था खस्केकोभने यिनीहरुलाई होसै छैन । नेताहरुकाबीच वेमेल भएकैकारण विगतका अन्तरघातसमेतका आत्मघाती कर्तुतले काँग्रेसलाई अहिलेको कमजोर अवस्थामा ल्याएको हो । अहिलेका नेतामा महामानव वी.पी.ले त्यो बेलादेखिनै एकताको संन्देश दिएको स्मरण भएको अनुभूति पाईंदैन । यहीरुप रहिरहनेहोभन युवा नेताहरुले भनेझैं आउनेदिनमा यी नेताहरुको नेतृत्व सफल हुन मुस्किलपर्ने देखिन्छ । आफ्नो र मुलुकको भविश्य बनाउनेहोभने तेश्रोधारपनि होइन सबै एकैधार बनेर नेपाल बनाउनुकाृे विकल्प छँदैंछैन ।

नेपाली काँग्रेस्ले प्रत्येकबर्ष गराउनुपर्ने महासमिति बैठक तीन बर्षपछि हालै मात्र पूर्वनिर्धारित समयभन्दा दुगुना समय लगाएर काठमान्डौंमा गरेको छ । नेतृत्वको कमजोरीलेगर्दा संशोधित विधानमा सहमति हुननसकेकैले भएको हो । प्रस्तावित मस्यौदामा अधिकाँश पदाधिकारीहरु सभापतिबाट मनोनित गरिने प्रावधान पेश गरिएको थियो । तर सो प्रस्तावमा विरोध भएपछि कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीहरु निर्वाचनबाटै आउनुपर्ने महासमिति बैठकबाट पारित भएको छ । यसबाट नेपाली काँग्रेसका अधिकांश महासमितिका सदश्यहरु अग्रगामी धारमा देखिएका छन् । यतीमात्र नभएर अत्यधिक युवा प्रतिनिधिहरुले सत्तरी बर्षभन्दा धेरैउमेर भएका नेताहरुले विश्राम लिएर युवाहरुलाई अबको नेतृत्व दिनुपर्ने आवाज बुलन्द पारेका छन् । यसबाट वर्तमान नेतृत्वले अबको अधिकांशको चाहना युवाकै नेतृत्व हो भन्नेकुरा बुझ्नै पर्ने भएको छ । अहिलेको काँग्रेसको खस्कँदो अबस्थालेपनि यही संकेत गरेको छ । यो यथार्थलाई नेतृत्वले आत्मसात् गरेमामात्र काँग्रेसको भविष्य उज्वल हुने देखिन्छ ।

नेतृत्व जस्को भएपनि वेमेलले काँग्रेसलाई धेरै नोक्सान गर्ने निश्चित छ । सभापति शेरबहादुर देउवाले जसरीपनि दलमा आफ्नो वर्चश्व र बहुमत गराउन प्रयास गर्नु र वरिष्ठनेता रामचन्द्र पौडेल वा जोकोही नेतालेपनि सिमीतरुपमा आफू र आसेपासेको हितकोलागि काँग्रेसलाई घाटा पुग्नेकामगरेमा कालान्तरमा आफैंलाई नोक्सानगर्छ भन्ने यथार्थ बेलैमा बुझे राम्रोहुने छ । जसरी विगतमा यीनै नेताहरुले गरेको गल्ती अहिले महसुस् गरेर पश्चाताप गरिरहेका छन् । त्यसैले अब यस्तो गल्ती कसैले कहिल्यै नगरेर युवाहरुको दवाब परेपछि मुखलेमात्र होइन, आत्मा देखिनै एक भएर काँग्रेसको हितमा कामगर्न आजै प्रणगर्न आवश्यक भएको छ । महामानव वी.पी.को राष्ट्रिय मेलमिलाप र हालै सम्पन्न भएको महासमितिको बैठकलेसमेत यही सन्देश दिएको छ । हाल सत्तामा रहेको ने.क.पा.को सरकारले गरेको मनपरिले हजारौंको बलिदानीबाट प्राप्त गणतन्त्र खतरामा परेकाले नेपाली काँग्रेस ्एकढिक्का भएर बचाउन जरुरी भएको छ । । महामानव वी.पी.ले बेलैमा राष्ट्र र राष्ट्रियताकोलागि राष्ट्रिय एकता तथा मेलमिलाप नीति मार्फत महत्वपूर्ण सन्देश दिएको काँग्रेसमा अहिले यस्तो वेमेल किन ? त्यसैले काँग्रेस एक भएर अहिलेको गणतन्त्रलाई बलियो बनाउन सक्नुपर्छ ।

LEAVE A REPLY