Home देश समाज रुपान्तरणका लागि शैक्षिक संस्थालाई बदल्न जरुरी छः लामा

समाज रुपान्तरणका लागि शैक्षिक संस्थालाई बदल्न जरुरी छः लामा

157
0
SHARE

पुस २२, काठमाडौं । काभ्रे जिल्लाका रोशीगाउँपालिकाप्रमुख डि.बीलामाले समाज रुपान्तरणका लागि पहिला शैक्षिक संस्थालाई बदल्न जरुरी रहेको बताएका छन् ।

गाउँपालिकाको वडा–५ स्थित ठोकर्पा सिसाखानीमा ७ कोठे नवनिर्मित विद्यालयभवन हस्तान्तरण कार्यक्रममाबोल्दै अध्यक्षलामाले समाजको परिवर्तनमाशिक्षाको ठूलो भूमिका रहेको उल्लेख गर्दै सबै शैक्षिक संस्थाहरुले व्यवहारिक र नयाँ शैक्षिक पद्दातिबाट पठनपाठान गर्नुपर्ने बताए । अध्यक्ष लामाले गाउँपालिकाभित्र रहेको सामुदायिक शैक्षिक संस्थाहरुको गुणस्तरलाई वृद्धि गराउन गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्तगर्दै गाउँपालिकामा कोही पनि बालबालिकाहरुलाई कुनै पनि बहाना गरी शिक्षाबाट बञ्चित नराख्नअभिभावकहरुलाई आग्रह गरे ।

शुक्रबार श्री गणेश आधारभूत विद्यालयका लागि हिमाली गाउँ संरक्षण नेपालको सहयोगमानिर्मित भवनको हस्तानतरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्षलामाले समाजविकासका लागि राजनीतिक पार्टीलाई एक ठाउँमा राखेर सबै एक ठाउँमा उभिनुपर्ने बताए । गाउँठाउँको विकास र परिवर्तनमा सबैको सहभागिता भएमा मात्र विकासले गतिलिने उनको तर्क थियो ।साथै विद्यालयभवन निर्माणका सहयोग जुटाएको भन्दै हिमाली संरक्षण नेपाललाई रोशी गाउँपालिकाको तर्फबाट धन्यवाद समेत दिए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथिका रुपमा पुगेकाशिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथगौतमले शैक्षिक संस्थाहरुमा अभिभावक र समुदायको सहभागिता अनिवार्य रुपमा हुनुपर्ने बताए । निर्देशक गौतमले शैक्षिक संस्थामा समुदायको सहभागीता नहुदा सुधारमा समस्या आउने बताउँदै अन्य संघसंस्थाले सहयोग गरेपनि स्थानीयको श्रमदान तथा जनसहभागिता महत्वपूर्ण रहेको औल्याए ।
विद्यालय भवन हस्तान्तरण गर्दै हिमालीगाउँ संरक्षण नेपालकाअध्यक्षतथा समाजसेवीनिरध्वजलामाले समाजमाशैक्षिकपूर्वाधारको अभावबाट कुनै पनि बालबालिकालाई समस्या नआओस भन्दै आफ्नो अभियानलाई निरन्तरता दिदै आएको बताए । अध्यक्ष मालामाले बालबालिकाको नैसर्गिक अधिकारलाई कुण्ठित नपार्न अभिभावकलाई समेत आग्रह गरे ।

उक्त विद्यालयभवन हस्तान्तरण गर्दै निर्माण कार्यमा रु. ५० लाखखर्च भएको विवरण समेत सार्वजनिक गरे । काभ्रेकै ४ स्थानमा विद्यालयभवनहरु निर्माण सम्पन्न गर्दै हस्तान्तरण गरिरहेको बताए । ग्रामीण भेगका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्नका लागिआफू निरन्तर लागि परेको बताउँदै उक्त विद्यालयमा भविष्यमा पनिआफ्नो संस्थाको साथसहयोग रहने प्रतिवद्धतता व्यक्त गरे ।

LEAVE A REPLY