Home ताजा समाचार फागुनमा स्ववियू निर्वाचन हुने

फागुनमा स्ववियू निर्वाचन हुने

134
0
SHARE

२३ पुस, काठमाडौं । फागुन महिनमा त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भएको छ ।

शिक्षाध्यक्षको कार्यालय विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको हो ।

वर्तमान स्ववियु पदाधिकारीको म्याद फागुन १८ गते २ वर्षे कार्यकाल सकिने भन्दै त्रिविले नयाँ चुनावको तयारी गर्न आग्रह गरेको हो । त्रिविले फागुन महिनामा निर्वाचन गर्ने भने पनि मिति भने किटान गरेको छैन ।

त्रिविले यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन गरेको थियो । त्रिविमा स्ववियु पदाधिकारी निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेरभित्रको विद्यार्थी हुनुपर्ने व्यवस्था छ ।

 

LEAVE A REPLY