Home ताजा समाचार दुःख–कष्टबाट मुक्ति पाउने उपाय के हो ? हेर्नुहोस् आजको नीति वचन

दुःख–कष्टबाट मुक्ति पाउने उपाय के हो ? हेर्नुहोस् आजको नीति वचन

232
0
SHARE

उत्तिष्ठ जाग्रत प्राप्य वरान्निबोधत ।
क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति ।। – कठोपनिषद्

यो संसार भव सागर हो । यसबाट पार पाउन सज्जनको संगत गर, अब उठ, जाग किनकि यो भवाटवी छुरा भन्दा पनि धारिलो छ ।

संसार दुःखै दुःखको सागर हो । यसबाट पार नपाउने मान्छेको जीवन सदा अनेकौँ उल्झनै अल्झिरहन्छ । त्यसैले यो सारा दुःख कष्टबाट मुक्तिका निम्ति सद्ज्ञानीको संगत गर भनी उपनिषद्ले आदेश गरेको छ । सज्जनको संगतबाट नै यो भवाटवी संसारबाट पार पाउन सकिन्छ । त्यसैल अब पनि सुप्त अवस्थामा वस्नु हुँदैन । अव उठ्नु पर्छ, जाग्नु पर्छ र सत्संगतमा लाग्नु पर्छ किनकि यो जीवनलाई छु।ाजस्तै धारिला वस्तुले निरन्तर दुःखित, क्षुधित र तृषित बनाइरहेका छन् भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–

LEAVE A REPLY