Home देश शुभताराको कारोबार साढे तीन करोड

शुभताराको कारोबार साढे तीन करोड

145
0
SHARE

साधरण सभालाई संबोधन गर्दै प्रदेश सांसद उप्रेती र मञ्चमा उपस्थित अतिथिहरु 

–डुकुप्रसाद कोइराला-

सर्लाही । सर्लाहीको हरिवनमा अवस्थित शुभतारा बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्ष २०७४-०७५ सम्ममा कुल ३ करोड ४३ लाखको कारेबार गर्न सफल भएको छ । सोमबार संस्थाको छैठौं वार्षिक साधारण सभाको अवशरमा सो जानकारी दिईएको हो ।
सभामा संस्थाका अध्यक्ष नारायण बहादुर कार्कीद्धारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४-०७५ को अवधिसम्म तीनसय शेयर सदस्य मार्फत २७ लाख, ८८ हजार छ सयरुपैयाँ शेयरपुँजी कायमगर्न सफल भएको संस्थाले सो आ.व. सम्म ९७ लाख ६९ हजार एक सय ४३ रुपैयाँ निक्षेप संकलन गर्नुको साथै १ करोड, १६ लाख, ८० हजार चार सय ८१ रुपैयाँ लगानी र एक करोड, ४७ लाख ४७ हजार ऋण रकम असुलि गरी १० लाख ५४ हजार द’इसय ४० रुपैयाँ नाफा गर्न सफल भएकोे छ । संस्थाले जगेडा कोष तथा अन्य कोषमा १६ लाख, ६२ हजार एक सय ६२ रुपैयाँ रकम विनियोजन गरेको उल्लेख गरिएको छ । कार्यक्रममा संस्थाले ५ लाख २४ हजार पाँचसय सात रुपैयाँ संस्थाको कार्यालय भवन निर्माणकालागि बजेट बिनियोजन गरेको जानकारी दिईएको थियो ।र्
ै संस्थाले आर्थिक वर्ष २०७६-०७७ को अवधिमा विविध कारोबार लक्ष्य राखेर १ करोर्ड, ४७ लाख नाफागर्ने उद्येश्य प्रस्ताव समेत गरिएको संस्थाका अध्यक्ष कार्कीले साधारण सभामा जानकारी दिए ।
साधारण सभाको उद्घाटन गर्दै सर्लाही क्षेत्र नं. ३ (ख) का प्रदेश सांसद डिल्लीप्रसाद उप्रतीले सहकारीे स–साना पुँजि भएका गरिब व्यवसायीको सारथी भएकोमा धन्यवाद ब्यक्त गर्दै संस्थाले कृषि, पशुपालनको आधुनिकीकरण एवं औद्योगिक सहकारीतर्फ अन्मुख हुन आग्रह समेत गरेका थिए । उनले थोरै पुजिँमा पनि उल्लेखनिय नाफा कमाउन सफल भएकोमा धन्यवाद दिदै उस्तै उद्येश्य भएका सहकारी एकैठाउमा आएर जनतालाई अझ बढी सेवा प्रदान गर्न सम्पुर्ण सहकारीकर्मीहरु लाग्नुपर्ने बताए ।
कार्यक्रममा, हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाई, हरिवन नगर सहकारी विभाग प्रमुख शम्भु मैनाली, वडा नं. ११ का वडा अध्यक्ष शेष महबुब रेजा, वडा नं. ८ का अध्यक्ष यज्ञविनोद ढुंगेल, समाजसेवी श्यामबाबु कार्की, युवा नेता उत्तरकुमार मैनाली लगायतले संस्थाको प्रगतिबारे शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संस्थाको हरिवन नगरपालिका भरी कार्यक्षेत्र रहेको छ ।

LEAVE A REPLY