Home मुख्य समाचार सरकारलाई खबरदारी गर्न कांग्रेसको छाया सरकार

सरकारलाई खबरदारी गर्न कांग्रेसको छाया सरकार

217
0
SHARE

काठमाडौं, २४ पुस । दुईतिहाइ बहुमतसहित गठन भएको नेकपा नेतृत्वको वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहँदा प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गर्ने भएको छ । कांग्रेस संसदीय दलको बैठकले मंगलबार सो निर्णय गरेको हो ।

संसद्मा प्रभावकारी रूपमा प्रस्तुत हुनका लागि छाया सरकार गठनको आवश्यकता औँल्याउँदै कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले विकसित मुलुकमा यो अभ्यास पहिलेदेखि नै रहेको उल्लेख गरे । पछिल्लो समय सरकारका क्रियाकलाप प्रभावकारी नभएको र सरकार विधि मिच्दै अघि बढेको भन्दै देउवाले छाया सरकार गठन गर्ने प्रस्ताव गरेका थिए ।

सांसदहरूलाई सरकारकै शैलीमा मन्त्रालय हेर्ने गरी एकजना सांसदलाई तीनवटा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । त्यसका लागि मन्त्रालय रोजेर नाम दिन सांसदहरूलाई आग्रह गरिएको छ ।

छाया सरकारले सरकारका काम कारबाहीको सूक्ष्म ढंगले अध्ययन गर्ने, त्यसलाई संसदीय दलमा छलफल गर्ने र संसदमा खबरदारी गर्ने कांग्रेसको योजना छ ।

दलको बैठकमा प्रमुख सचेतक बालकृष्ण खाण, सांसदहरू जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, गगन थापा, मीन विश्वकर्मा, उमा रेग्मीसहितले धारणा राखेका थिए ।

LEAVE A REPLY