Home ताजा समाचार डा. केसी पुनः अनसन बस्ने

डा. केसी पुनः अनसन बस्ने

153
0
SHARE

पुस २५, काठमाडौँ । संसद्बाट चिकित्सा शिक्षा विधेयक पास भएपछि असन्तुष्ट रहेका डा गोविन्द केसी पुनः अनसन बस्ने भएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेकपाको बहुमतको आधारमा डा केसीसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेपछि डा केसीले उक्त कुरा बताएका छन् ।

डा. केसीसँग भएको सहमति तोडिनुका साथै जनतालाई धोका दिने काम भएकाले पनि आफू जनतालाई न्याय दिलाउन अनसनमा बस्न लागेको  उनले बताए । प्रधानमन्त्रीले इमान्दारिता नदेखाएको र दुई तिहाइको दुरुपयोग गरेको उनको आरोप छ ।

डा‍‍ केसी अाज ५ बजे इलाममा अनसन बस्ने भएका छन् ।

LEAVE A REPLY