Home मुख्य समाचार कास्कुनमा नेकपाको ठाडो हस्तक्षेप विरुद्ध काफ्ले समूहको उम्मेदवारी

कास्कुनमा नेकपाको ठाडो हस्तक्षेप विरुद्ध काफ्ले समूहको उम्मेदवारी

148
0
SHARE

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण संघ (कास्कुन)को निर्वाचनका लागि गोविन्द काफ्ले समूहको उम्मेदवारी परेको छ । चार वर्षे नयाँ नेतृत्वका लागि काफ्लेको समूहबाट उपाध्यक्षमा कमलराज अधिकारी, सचिवमा रमिला श्रेष्ठ शाक्य, कोषाध्यक्षमा निरञ्जन सेढाईको उम्मेदवारी परेको छ ।

सञ्चालकमा राजकुमार खड्का, ईश्वर सुनार, नारायण सापकोटा, पुष्कर सापकोटा, राजु खनाल, सुमन जिसी, रबिन्द्र श्रेष्ठ, कृष्ण खनालको उम्मेदवारी परेको हो ।

त्यस्तै सञ्चालकमा अनिता अधिकारी, गीता रेग्मी, सीमा पुरीको उम्मेदवारी परेको छ भने सुवासचन्द्र घिमिरेको लेखा संयोजकमा उम्मेदवारी परेको छ । लेखा सदस्यमा विक्रम श्रेष्ठ र अर्जुन भट्टराईको उम्मेदवारी परेको हो ।

उम्मेदवारी मनोनयनको समय तीन बजे भएपनि कास्कुनको सञ्चालक समितिको गणपूरक संख्या नपुगेको बैठकले नेकपा नेताको दवावमा जबरजस्ती दुर्ई घण्टा थप गरेको थियो ।
कास्कुनको नयाँ निर्वाचनका लागि अर्को पक्षले भने अझैसम्म उम्मेदवारी दर्ता गराइसकेको छैन । कास्कुनको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेतृत्वको जिम्मेदार सदस्यहरुले अनावस्यक हस्तक्षेप गरेपछि सहकारीकर्मीहरुबीच हुन लागेको सहमति लथालिंग हुनपुगेको छ ।

नेकपा काठ्माण्डौंका जिल्ला सचिव महेश्वर फुयाल विभिन्न विचारपक्षधर सहकारीकर्मीहरुले सहमतिकालागि आयोजित वैठकमा अकस्मात् आई पार्टीका तर्फबाट दवाव दिने काम गरेका थिए । सत्ताको आडमा धम्की दिदै उनले अरु विचार राख्ने सहकारीकर्मीहरुलाई नेतृत्वमा आउन नदिने र दिएपनि केही सदस्य लिएर सन्तोष गर्न निर्देशन दिएपछि सहमतिको प्रयास बीचमा नै रोकिन पुगेको थियो । यसको लगत्तै बांकी सहकारीकर्मीहरु मिलेर काफ्ले नेतृत्वमा उमेदवारी दर्ता गरेका हुन् । निर्धारित तीन वजेको समयमा काफ्ले समूहका नाममा मात्र उमेदवारी परेको वताइएको छ ।

LEAVE A REPLY