Home देश निर्मला काण्डबारे कांग्रेसद्वारा संसदमा संकल्प प्रस्ताव दर्ता

निर्मला काण्डबारे कांग्रेसद्वारा संसदमा संकल्प प्रस्ताव दर्ता

77
0
SHARE

पुस २५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्मला हत्या प्रकरणका सम्बन्धमा संसदमा सार्वजनिक महत्त्वको संकल्प प्रस्ताव दर्ता गराएको छ । कांग्रेसकी सांसद डा डिला संग्रौलाले उक्त संकल्प प्रस्ताव दर्ता गराएकी छिन् ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८४ बमोजिम निर्मलाको बलात्कारपछि भएको हत्या घटनाका बारेमा छलफलका लागि संकल्प पेश गर्ने अनुमतिका लागि प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरेकी हुन् ।

निर्मला हत्याकाण्डको चौतर्फी दवावका बाबजुत सरकारले तथ्यलाई बाहिर ल्याउन नसक्नु अत्यन्तै खेदजनक भएको संग्रौलाको प्रस्तावमा उल्लेख छ । घटनाले सरकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै बदनाम भइरहेको दाबी गर्दै उनले कम्युनिष्ट शासनमा बलात्कार र हत्या जस्ता जधन्य अपराधहरु सामान्य मानिन्छन् भन्ने धारणा बन्दै गइरहेको जिकिर गरेकी छिन् ।

 

LEAVE A REPLY