Home ताजा समाचार मनमा भय किन लिनु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन

मनमा भय किन लिनु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन

237
0
SHARE

यथा द्यौश्च पृथिवी च न बिभीतो न रिष्यतः ।
एवा मे प्राण मा विभेः ।। –अथर्ववेद

जसरी आकाश र पृथ्वी भय रहित र अविनाशी छन् त्यसैगरी तिमी भयमुक्त बन ।

मनमा भय लिनु भनेको व्यर्थ हो, अवनतिको कारक हो भन्ने आदेश अथर्ववेदले गरेको छ । मनमा भय लिनाले शारीरिक र मानसिक रोग उत्पन्न हुन्छ । जसले उन्नतिको मार्गलाई बन्द गर्दछ । जीवनमा उन्नतिका निम्ति निडर भएर लागि पर्नु पर्दछ । धैर्य धारण गरी निर्भिक भएर गरेको सत् कार्य सफल हुन्छ । आकाश र पृथ्वी जस्तै स्थिर र सहनशील निडर भई गरेको कार्य सफल हुन्छ भन्ने नीति वचन मननीय छ ।
–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–

LEAVE A REPLY