Home देश विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ: पूर्वराष्ट्रपति डा. यादव

विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ: पूर्वराष्ट्रपति डा. यादव

77
0
SHARE

दाङ, २६ पुस । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई समृद्धिको मार्गमा लैजान आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

आज दाङको टरिगाउँ विमानस्थलमा उहाँले भन्नुभयो, ‘मुलुकको विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ ।’

पूर्वराष्ट्रपति डा. यादवले मुलुकलाई सही ढंगबाट सञ्चालन गर्नका लागि संविधान अक्षरशः कार्यान्वयन हुनुपर्छ भन्ने आमजनताको आशा र भरोसाजस्तै आफ्नो पनि चाहना रहेको उल्लेख गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ बलियो र सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

वनजंगल तथा वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY