Home मुख्य समाचार पत्रकार महासंघमा पुस्तकालय स्थापना

पत्रकार महासंघमा पुस्तकालय स्थापना

89
0
SHARE

काठमाडौं, २६ पुस । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पुस्तकालयको स्थापना गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोग तथा नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोगमा महासंघमा ‘पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र’ स्थापना गरिएको हो ।

आज एक कार्यक्रमबीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले महासंघका अध्यक्ष गोविन्द आचार्यलाई उक्त पुस्तकालय हस्तान्तरण गर्नुभयो । महासंघका अध्यक्ष आचार्यले पुस्तकालय पत्रकार तथा पत्रकारिताप्रति चाख राख्ने सबैलाई उपयुक्त हुने बताउनुभयो । उहाँले पत्रकारलाई पुस्तकालयले पढ्ने वातावरण बनाउने बताउनुभयो ।

संघका अध्यक्ष भट्टले विश्वका ठूलाठूला पुस्तकालयको अनुसरण गर्दै महासंघमा पत्रकारलाई पढ्नका लागि पुस्तकालय निर्माण गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा यसलाई डिजिटल पुस्तकालयका रुपमा स्तरोन्नति गरिने बताउनुभयो ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पढ्ने बानी छुटेकाहरुका लागि पुस्तकालय महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा संघका प्रवक्ता भूषण घिमिरे, सल्लाहकार डा. हेमराज शर्मा र नेपाल पुस्तकालय फाउन्डेसनका उपाध्यक्ष मणिराम फुयाँलले पुस्तकालय पढ्ने र अनुसन्धान गर्न महत्वपूर्ण थलो हुने बताउनुभयो ।

सो अवसरमा पुस्तकालयका लागि आवश्यक पुस्तक, फर्निचर, कम्प्युटरलगायत सामाग्री हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY