Home देश पर्यटकीय स्थल नाढिमन ताल

पर्यटकीय स्थल नाढिमन ताल

83
0
SHARE

सर्लाही । सर्लाहीमा पहिलो पटक सय उत्कृष्ट पर्यटकिय स्थलमा परेको चन्द्रनगर गाँउपालिकामा रहेको नाढिमन तालमा आजबाट फ्रि वाइफाई जोन सेवा सञ्चालनमा भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले फ्रि वाइफाई राखिएको हो । आज एक समारोहका बिच चन्द्रनगर गाँउपालिकाका अध्यक्ष महेन्द्र महत्तोको अध्यक्षतामा तथा प्रदेश सभा सदस्य उपेन्द्र महत्तोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फ्रि वाइफाई जोनको उद्घाटन गरिएको हो ।

यो सेबा सञ्चालनबाट पर्यटकको संख्यामा बृद्धि आउने बिश्वास रहेको चन्द्रनगर गाँउपालिकाका प्रशासकिय अधिकृत टेक प्रसाद भट्टराईले बताउनु भयो । देशका सय उत्कृष्ट पर्यटकिय स्थलमा नाढिमन ताल पर्नु सर्लाहीबासिको लागि खुसिको विषय भएको र अन्य पूर्वाधार पनि निर्माण गरेर उत्कृष्ट पर्यटकिय स्थल बनाउने प्रदेश सभा सदस्य महतोले बताउनुभयो ।

LEAVE A REPLY