Home मुख्य समाचार आज रविसप्तमीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ पौष २९ गते

आज रविसप्तमीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ पौष २९ गते

166
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको २९ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष शुक्लपक्षको सप्तमी तिथि बेलुका ७।०० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराभाद्रपदा नक्षत्र विहान ७।२८ बजेसम्म रहनेछ । आज शिव योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२७ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । आज रविसप्तमीव्रत परेको छ । आइतबार सप्तमी तिथि परको दिनलाई रविसप्तमी भनिन्छ । आज सूर्य भगवानको उपासनासँगै राता वस्तु्को प्रयोग शुभ रहनेछ । अभीष्ट सिद्धिका निम्ति रविसप्तमीको व्रत महत्तवपूर्ण मानिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY