Home देश राजश्रीको कारोबार झण्डै साढे ११ अर्ब 

राजश्रीको कारोबार झण्डै साढे ११ अर्ब 

146
0
SHARE

–डुकुप्रसाद कोइराला-

सर्लाही । राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लिमिटेडको कुल कारोबार ११ अर्ब, ४४ करोड, ९० लाख ६७ हजार सातसय ६९५ रुपैयाँ पुगेको छ । शनिबार सम्पन्न संस्थाको १८औं वार्षिक साधारण सभा महोत्सवको अवशरमा सो जानकारी दिईएको हो ।

सभामा संस्थाका अध्यक्ष नागेन्द्र प्रसाद यादवद्धारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४-०७५ को अवधिसम्म ३० करोड, १५ लाख, ७० हजार शेयरपुँजी कायमगर्न सफल भएको संस्थाले सो आ.व. सम्म ६ अर्ब, ३४ करोड, १४ लाख ७७ हजार निक्षेप संकलन गर्नुको साथै ४ अर्ब, ७९ करोड, ७९ लाख, ५५ हजार रुपैयाँ लगानी गरेको छ । संस्थाले गरेको कारोबारबाट ८० लाख, ६५ हजार ६ सय ९५ खुद मुनाफा गरेको छ । संस्थाले जगेडा तथा अन्य कोषमा २ करोड, ५६ लाख, २१ हजार रकम विनियोजन गरेको उल्लेख गरिएको छ । संस्थाको मुल्तवि ब्याज १८ करोड, ४१ लाख, ९२ हजार, ४ सय ७६ रुपैयाँ रहेकाले ऋणी शेयर सदस्यहरुले आफुले गरेको कारोबारको ब्याज बुझाएर संस्थालाई अगाडि बढाउन अध्यक्ष यादवले सहयोगको अपिल गरेका छन् ।साधारण सभाको उद्घाटन गर्दै पुर्व मन्त्री रामचन्द्र रायले सहकारीको सफलता मापन नाफा भन्दापनि सदस्य केन्द्रित साझा हितको कार्यमा भएकाले हरेक सहकारीले जनसेवामुखि कार्यक्रमहरु गर्नुपर्ने बताउदै शेयर सदस्यहरुले पनि सहकारीलाई अगाडि बढाउन जोड दिनुपर्ने बताए । प्रमुख अतिथि पुर्व मन्त्री रायले राजश्री हरेक गरिब नेपालीको सारथि बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पुर्व डिभिजन सहकारी अधिकृत विकाउ कुमार रायले संस्थाले मुल्तवि ब्याज उठाउदै जोखिम ब्योहोर्ने कोषको रकम घटाएर संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए । साधारण सभाको अवशरमा संस्थाले आर्थिक वर्ष २०७६-०७७ को अवधिमा ५ करोड, ४५ लाख, ४३ हजार नाफागर्ने उद्येश्य प्रस्ताव समेत गरिएको संस्थाका प्रबन्ध निर्देशक रामलक्षण रायले जानकारी दिए ।

सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको राजश्रीको काठमाडौं, सुनसरी, मोरंग, सिराहा, धनुषा, महोत्तरी, पर्सा, रौतहट लगायत ८ जिल्लामा १५ वटा सेवा केन्द्रहरु सञ्चालन रहेका छन् । संस्थाको सर्लाहीको मलंगवा, धनुषाको जनकपुर, सुनसरीको इनरुवा र सिराहको मिर्चैयामा आफ्नै भवन रहेको छ भने महोत्तरी, रौतहट र सुनसरीमा जग्गा खरिद भईसकेकोले निकट भविष्यमा भवन निर्माण गरिने साधारण सभामा जानकारी दिइएको थियो ।

LEAVE A REPLY