Home देश आमाछोरा मृत फेला

आमाछोरा मृत फेला

158
0
SHARE

 

रुकुम ९पूर्व०, २९ पुस । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व० ले जनाएको छ ।

उहाँ पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कनुभएको थियो । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताउनुभयो । दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने उहाँले बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको र बाँकी कुरा भने शव परीक्षण र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताउनुभयो । रासस

LEAVE A REPLY